2026-06-25 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका कांग्रेस नेतृहरुको आपत्ती

2016-12-22

प्रेम सुनार/पुस ७, गुल्मी । हजो गुल्मी आई पुगेका गृहमन्त्रीलाई नेपाली कांग्रेसका महिलाहरुले ठुलो  स्वागत सत्कार मात्रै गरे , ५ नम्वर प्रदेशको सम्वन्धमा विरोध जनाएनन् भन्ने कुरा ओझेलमा पारिएको विषयलाई उनिहरुले आपत्ती जनाएका छन् । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी लगायतका कांग्रेसका केन्द्र स्तरका नेताहरुले भाषणका क्रममा यस प्रदेशबाट तराईका जिल्ला छुट्याईने अभिव्यक्ति दिए लगत्तै उनिहरु हिड्ने बेलामा चर्को चर्को स्वरमा  नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी धना भण्डारी, निर्मला केसी, लक्ष्मी पाण्डे, सिता पाण्डे लगायतका महिलाहरुले विरोध जनाएका थिए । 

कुनै पनि हालतमा हामीले  ५ नम्वर प्रदेशबाट तराईका जिल्ला टुक्राउन दिदैनौ तपाईहरु नेता मन्त्रीहरुले जे भन्नु होस् भन्नु होस् हामी पार्टी भन्दा माथी उठेर यो निर्णयमा पुगेका हौं  , वरु पार्टी छाड्न तयार छौं जस्ता  शव्दमा  नेताहरुलाई ति सवै महिलाहरुले चेतावानी  दिएका थिए । 

त्यस्तो चेतावानी   त्यति ठाडो स्वरमा त्यहाँ सहभागी  पुरुषहरुले  समेत दिएका थिएनन् । कांग्रेस नेताहरु र मन्त्रीहरु हिडि सके पछि तम्घासमा आई   विरोध ¥याली र सभाको  अग्रपक्तीमा समेत उनै धना भण्डारी , लक्ष्मी पाण्डे निर्मला केसी लगायतका कांग्रेस नेतृहरु देखिएका थिए ।

शोकाकुल परिवारलाई समावेदना दिन आएको भएर मात्र कालो झण्डा देखाउन असमर्थ भएका हौं,  यदि त्यस नभएको भए  र यहाँको कांग्रेस नेतृत्वले उनिहरुलाई स्वागत गर्ने कार्यक्रम वहिस्कार गरेको भए आफुहरु  गृहमन्त्री लगायतमा नेताहरुलाई कालो झण्डा देखाउन तयार रहेको नेतृ धना भण्डारीले बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ