Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माओवादी केन्द्र गुल्मीको पुरै शक्ती स्थानिय तहको निर्वाचनमा, २२ र २३ गते जिल्ला सम्मेलन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | पुस २६, गुल्मी | सोमबार वसेको माओवादी केन्द्र गुल्मी जिल्ला संगठनको पुर्ण बैठकले गरेका निणर्यहरु आज सो पार्टीले प्रेश विज्ञप्ती मार्फत सार्वजानिक गरेको छ ।

सो पार्टीका पोलिव्युरो सदस्य तथा जिल्ला पार्टी ईञ्चार्ज दिनेश पन्थीको अध्यक्षता र केन्द्रिय कमिटी सचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुन ( अनन्त ) को प्रमुख आतिथ्यतामा वसेको बैठकले फागुन २२ र २३ गते सदरमुकाम तम्घासमा भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस पुर्व माघ ७ गते भित्र नयाँ सदस्यता वितरण र नविकरण गरी सक्ने , माघ २० गते सम्म सविकको गाउँ कमिटी र प्रस्तावित गाउँ पालिकका वडा स्तरको संगठन निर्माण गर्ने , फागुन १० सम्म  प्रस्तावित १० वटै गाउँ पालिका र २ वटा नगरपालिकाको सम्मेलन गरी सक्ने निर्णय समेत सो पार्टीले गरेको छ ।

सम्मेलनलाई भव्य रुपमा सफल पार्न जिल्ला ईञ्चार्ज तथा पोलिटव्यरो सदस्य दिनेश पन्थीको संयोजकत्वमा राजनैतिक तथा सागठानिक प्रतिवेदन तयार पारिने छ । सह ईञ्चार्ज सुदर्शन वरालको संयोजकत्वमा आर्थिक विभाव गठन गरिएको छ ।

प्रचार प्रसार विभाग युवराज केसीको संयोजकत्वमा गठन गरिएको छ । व्यवस्थापन समिति अर्का केन्द्रिय सदस्य बुद्धि जिसीको संयोजकत्वमा गठन गरिएको छ । स्वयम् सेवक परिचालन समिति वाईसियलका केन्द्रिय सदस्य नोखबहादुर पौड्यालको संयोजकत्वमा , सांस्कृतिक विभाग  अशोक थापाको संयोजकत्वमा र अनुशासन विभाग वेगमबहादुर चन्दको संयोजकत्वमा गठन भएको प्रचार प्रसार विभागका संयोजक युवराज केसीले जानकारी दिए ।

नयाँ संरचनामा नयाँ ढंगले निर्वाचनमा जाने

यसै विच नेकपा माओवादी केन्द्र  अव बन्ने स्थानिय निकायको नयाँ संरचनामा नयाँ ढंगले निर्वाचनमा  जाने निर्णय हिजो बसेको बैठकले गरेको जनाएको छ । ‘

‘गाउँ–नगर घर–घर जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं’ भन्ने मुल नाराका साथ स्थानिय तहको निर्वाचनमा जाने गरी  कार्यकर्ताहरु खट्न केन्द्रिय कमिटीका सचिव तथा पुर्व अर्थमन्त्री वषामान पुनले निर्देशन दिएको बताईएको छ ।

जेठ भित्रमा पार्टी केन्द्रले स्थानिय तहको निर्वाचनको वातवरण तय गर्न  लागेको बताउँदै त्यही अनुसार कार्यकर्ता गाउँ गाउँ घर घरमा पुग्न निर्देशन दिएको प्रचार प्रसार विभागका संयोजक युवराज केसीले जानकारी दिए ।