Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम फोनको भरमा एउटै क्षेत्रमा

By kit 14 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/माघ १४, गुल्मी । गुल्मीमा गत मंसिर महिना देखि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजनाको जिल्ला स्तरिय कार्यक्रम केन्द्रका एक व्यक्तिको फोनको भरमा गुल्मीको एउटा मात्र क्षेत्रमा पारिएको खुलासा भएको छ ।

आज जिल्ला  कृषि विकास  समिति र प्रधानमन्त्री  कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय गुल्मीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम सम्वन्धी अभिमुखिकरण  कार्यक्रममा सहभागीले जिज्ञाषा राखे पछि यस्तो खुलासा भएको हो ।

गुल्मी जिल्लालाई मकै जोनका नाममा गुल्मी क्षेत्र नम्वर ३ को हस्तीचौर , दर्लामचौर  , अमरपुर र सिर्सेनी गाविसमा मात्रै प्रधानमन्त्री आधुनिक कृषि परियोजना पार्न केन्द्रबाट एक व्यक्तिले फोन गरेर आग्रह गरे पछि त्यहाँ पारिएको खुलासा वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपाली काग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले यति राम्रो  जिल्ला स्तरिय  कार्यक्रम आउँदा कम्सेकम क्षेत्रिय सन्तुलन त मिलाउनु पर्दथ्यो नि ? कसरी क्षेत्र नम्व ३ लाई मात्र रोजियो ?   भनेर प्रश्न गरे पछि वरिष्ठ कृषि विकास अधिकृत पन्थीले निरुपाय हुँदै भने–‘ म त्यति वेला थिईन् । मैले पछि बुझ्दा  तत्कालिन वरिष्ठ कृषि विकास अधिकृतलाई सिधै केन्द्रबाट फोन गरेर क्षेत्र नम्वर ३ का ति गाविसमा परियोजना  पार्न आग्रह गरिए पछि उहाँले तिनै गाविसलाई सिफारिस गरी पठाउनु भए छ, यसमा कमजोरी भएकै हो । ’

जिल्ला स्तरिय परियोजना क्षेत्र नम्वर ३ मा मात्रै पार्न केन्द्रबाट फोन मार्फत आग्रह गर्ने वा दवाव दिने  ति व्यक्ति कर्मचारी हुन वा नेता हुन ?  त्यो भने उनले खुलाएनन् ।

केपी ओली सरकारको बजेट भाषणमा घोषणा भएको प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यक्रमम एउटै क्षेत्रमा मात्रै पर्नु  कमजोरी  भएको स्वीकार गर्दै वरिष्ठ कृषि विकास अधिकृत पन्थी र त्यस परियोजना प्रमुख रामप्रसाद पाण्डेले आगमी वर्ष देखि तिन वटै क्षेत्रलाई सम्वोधन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले समेत त्यस प्रति असन्तुष्टी जनाए । उनले  आयोजक संग प्रश्न गरे – के को आधारमा गुल्मीलाई मकै जोन बनाईयो ? उनको सुझाव थियो –‘ खास त गुल्मीलाई  कफी जोन बनाईनु  पर्दथ्यो । वा माटो परिक्षण लगायतको अनुसन्धान र  सरोकारवाला विच बृहत छलफल र परामर्श  गरी गुल्मीमा बढि के सम्भावना छ त ? भन्ने टुङ्गो लगाएर  सिफारिस गरिनु पर्दथ्यो ।’

गुल्मीलाई मकै जोनका रुपमा विकास गर्नका लागि क्षेत्र नम्वर ३ का ति चारवटा गाविसमा यस पहिलो आर्थिक वर्षमा के  कति रकम परेको छ त  ? प्रश्न गर्दा दुई बेग्ला बेग्लै कार्यपत्र  प्रस्तोता वरिष्ठ कृषि विकास अधिकृत पन्थी र  परियोजना प्रमुख पाण्डेले  कार्यालयमा हेरेर मात्र भन्न सकिने अहिले  कायपत्रमा उल्लेख नगरिएको बताए । जवकी कुनै पनि परियोजना सञ्चालनको उद्घाटन सत्रको प्रस्तुत कार्यपत्रमा   लागत रकम उल्लेख हुन जरुरी देखिन्छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना छनौट गर्दा कुनै जिल्लालाई धान जोन , कुनै जिल्लालाई तरकारी , सुन्तला फलफुल जोन घोषणा गरिएको र त्यस जोन भित्र ब्लग शिर्षकमा तरकारी र  सुन्तला लगायतका साना कार्यक्रमहरु पनि सञ्चालन हुने कार्यक्रममा बताईयो ।

रेसुङ्गा नगरपालिकालाई तरकारी ब्लग , विरवास र हर्दिनेटालाई सुन्तला ब्लग क्षेत्रको सिफारिस पनि केन्द्रको फोनकै भरमा भएको बताईको छ ।  जिल्ला कृषि विकास समितिको अध्यक्ष स्थानिय विकास अधिकारी हुँदाहुँदै  र  त्यस समितिको बैठक समेत नराखी  सिफारिस गरी  सञ्चालन गरिएको कार्यक्रमले तिन वटै क्षेत्रलाई सम्वोधन नगरेको प्रति नेकपा माओवादी (क्रान्तिकारी ) का प्रतिनिधीले पनि विरोध जनाए ।

सो पार्टीका जिल्ला प्रतिनिधी केशव अधिकारीले मुलुक गणतान्त्रिक युगमा आई पुग्दा पनि राष्ट्रिय महत्वको यति राम्रो कार्यक्रम केन्द्रको फोन र पावरको भरमा छनौट हुनु भनेको पुरानै संस्कारलाई प्रोत्साहित गर्नु भएको टिप्पणी गरे ।

गुल्मीमा खास सुन्तलाको पकेट क्षेत्र भनेको नयाँगाउँ पिपलधारा लगायतका गाविसहरु भएको सवैलाई जग जाहेरै छ । तर विरवास र हर्दिनेटालाई मात्र  सुन्तलाको ब्लग बनाईनु , त्यो पनि केन्द्रबाट आएको फोनको भरमा ? भन्ने सवाल उठाउँदै नेपाल परिवार दलका जिल्ला अध्यक्ष पशुपति पाण्डेले पनि उक्त कार्य पारदर्शी हुन नसकेको प्रतिकृया दिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण घिमिरे मौन थिए । माओवादी केन्द्रका संयोजक विरबहादुर कार्कीले पनि त्यो विषयलाई खासै ठुलो बनाउन चाहेनन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले उक्त परियोजना जिल्ला स्तरिय भएको र यसले कृषि उत्पादन मात्रै नभएर कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य लिईएको बताएका थिए ।

‘कृषकहरुको जिवनस्तरमा  रुपान्तरण– कृषिको व्यवसायीकीकरण तथा आधुनिकीकरण ’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको उक्त परियोजनाको उत्पादन जोन छनौट प्रकृया तिन चरणमा हुने कार्य विधी भए पनि त्यो गुल्मीमा लागु नभएको स्पष्ट भएको छ ।

सहभागीका अनुसार पहिलो चरणमा माटो ,  हावा पानी परिक्षण र  उत्पादन हुँदै आएको वस्तुलाई मध्ये नजर गरी पहिला पकेट क्षेत्र घोषणा गरिन्छ । त्यस पकेट क्षेत्रबाट लक्ष्य अनुसारको उत्पादन गरे पछि त्यस क्षेत्रलाई ब्लग बनाईन्छ । ब्लगले पनि लक्ष्य हाँसिल गरे पछि जोन घोषणा गरिन्छ ।

कार्यक्रमका सहभागीले यहि प्रश्न गरे  यस्तो विधी र  प्रकृया हुँदा हुँदै एकै चोटी जोन कसरी घोषणा गरियो ? भनेर । यस परियोजना अन्तरगत कृषि पाठशाला, कृृषकलाइृ पोत्साहन भत्ता , कृषि प्राविधिक शिक्षा , कृषि प्रशोधन केन्द्र , औजार मर्मत केन्द्र लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् ।

मंसिर देखि वरिष्ठ कृषि विकास अधिकृत तहको कार्यालय प्रमुख सहित ९ जना कर्मचारी टोली गुल्मी आई कार्यालय  सञ्चालन गरेको , कृषकहरुलाई निवेदन आव्हान गरेको , सुचना प्रवाह र आवेदन फारम वितरण र आज उक्त कार्याक्रमको औपचारिक उद्घाटन गर्दै अभिमुखी कार्याक्रम समेत गर्न गरिएको कार्यालय प्रमुख पाण्डेले बताए ।

उनका अनुसार समयमै रकम निकासी लगायतको काम अगाडी बढ्न नसक्दा यस  परियोजनाको रकम फ्रिज जाने सम्भावना समेत रहेको छ ।  परियोजनाको उद्घाटन प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गरेका थिए ।  यस्तो कार्यक्रम पर्नु कृृषकहरुका लागि अवसर भएको भन्दै प्रमुख जिल्ला अधिकारीले सफलताको लागि शुभकामना दिदै आफ्नो सुझावहरु समेत दिएका थिए ।

त्यस्तै जिल्ला कृषि विकास समितिकी अध्यक्ष स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठले पनि कार्यक्रम सफल पार्न सवै पक्ष विचको छलफल र सहकार्यको खाँचो भएको धारणा राखेकी थिईन् । कार्यक्रमको सञ्चालन त्यस परियोजनाका कृषि अधिकृत कुलप्रसाद दवाडीले गरेक थिए ।

जिल्ला कृषि विकास कार्यालयको सभाहलमा उक्त परियोजनाको अभिमुखीकरण गोष्ठीको मञ्चमा आशिन  प्रमुख अतिथी , विशेष अतिथी र कार्यक्रमकी अध्यक्ष श्रेष्ठ