चैत्र ३०, (वामी) गुल्मी | नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद माननीय चन्द्र भण्डारीले नेकपा एमालेले ढाँटको खेतीगर्न छोड्नुपर्ने बताउनुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत्र ३०, (वामी) गुल्मी | नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद माननीय चन्द्र भण्डारीले नेकपा एमालेले ढाँटको खेतीगर्न छोड्नुपर्ने बताउनुभ"/>

2026-09-01 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई प्रश्न: ‘मुसा मार्न नसक्नेले किन ठुला कुरा गर्नु ?’

चैत्र ३०, (वामी) गुल्मी | नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद माननीय चन्द्र भण्डारीले नेकपा एमालेले ढाँटको खेतीगर्न छोड्नुपर्ने बताउनुभएको छ । आज वामीमा भएको बृहत आमसभालाइ सम्बोधन गर्दै उहाँले गत २० बर्षसम्म यस क्षेत्रमा जितेका नेताले केही काम नगरीकन गुच्छा खेलेर बसेको र अहिले तीन बर्षमा आफुले गरेको कामको श्रेय उनीहरु आफुलाइ दिदै गलत प्रचार गरेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो,– जस्ले १० रुप्पे निकाल्न सक्दैन, उस्ले ठुलो कुरा किन गर्ने ? उहाँले एमालेले ढाँटेर जनतालाइ भ्रममा राख्ने बानीलाइ सुधार गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुसो मार्न नसक्नेलाइ ढाँटेर गलत भ्रम छर्ने अधिकार एमालेलाइ नभएको बताउनुभयो । सांसद भण्डारीले आफ्नो तलबले गरीब, पीछडीएका र बिपन्न बर्गहरुलाइ सहयोग पुर्याएको बताउँदै ती असहाय बर्गहरुको जीवनस्तर आजकल बिस्तरै सुधार भएको बताउनुभयो ।

साँसद भण्डारीले काँग्रेसले बिकास पस्किरहेको बताउँदै संबिधान बनाउन देखी धेरै उलब्धि काँग्रेसले नै संस्थागत गरेको बताउनुभयो । एमाले र माओबादीका नेताहरुले धेरै बोल्न जानेको तर काम गर्न नजानेको बताउँदै उहाँले आखीरमा कसैले आवाज बुझ्न नसक्ने बोल्न नजान्ने नेता शुसील कोइरालाले संबिधान बनाएको बताउनुभयो ।

उहाँले राजनीकि इन्जेक्सनले देश बनाउन नसक्ने भएकोले बिकासको इन्जेक्सन देशलाइ दिनुपर्ने बताउनुभयो । आफ्नो नेतृत्वमा भएका सबै कामहरु आफुले गरेको नभइ सबै जनताले गरेको बताउँनुभयो । उहाँले आफुलाइ जनताले नजिताएको भएमा केही पनि गर्न नसक्ने भएको हुनाले जनताको कारण आफुले यति गर्न सकेको बताउनुभयो । उहाँले फेरी पनि नेपाली काँग्रेसको नेतृत्वलाइ जिताउन जनतालाइ आग्रह गर्दै, जिताएपछि काँग्रेसले बिकासको मुल फुटाउने बताउनुभयो । आफु तथा काँग्रेसले जनतालाइ धेरै उपहार दिएको भन्दै उहाँले अबको स्थानीय तहमा काँग्रेसलाइ जिताउन अनुरोध गर्नुभयो । अबको चुनावमा जिताए मात्र जनताले धेरै उपहार हरु पाउने र त्यो जित देश र जनताको हुने उहाँको भनाइ छ ।

आगामी स्थानीय तहको चुनावलाइ मध्यनजर गर्र्दै आयोजना गरिएको आमसभा कार्यक्रममा प्रमुख अतिथि, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, पुर्व सभापति शुरेसचन्द्र भुषाल, उपसभापति बिष्णु बलाल, सचिब द्धोय खिलध्वज पन्थी, बिष्णु सापकोटा, पुर्व सचिब छन्द पहराइ, नेबिसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्का, पुर्व क्षेत्रीय सदस्य मुक्ति कंडेल, नेबिसंघ पुर्व केन्द्रिय सदस्य मोती भण्डारी, नेबिसंघ जिल्ला सभापति झबिन्द्र पाण्डे, नव पार्टी प्रवेशीहरुको तर्फबाट, जँग बहादुर बलामी, शालीकराम सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका महासचिब देवेन्द्र पोडेल, जिल्ला सदस्यहरु धीरेन्द्र केसी, कल्पना घिमिरे, कौरब खत्री, महासमिति सदस्य हिरामणी अर्याल, महाधिबेशन प्रतिनि ज्ञानु सापकोटा, शिक्षक संघ जिल्ला उपाध्यक्ष मृगेन्द्र रिजाल, इलाका नम्बर ९ का संयोजक झबिलाल भण्डारी, क्षत्रीय सदस्यहरु मोहन घिमिरे, तिर्थमणी काफ्ले, प्रकाश भुषाल, कर्ण बहादुर रायमाझी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामु तिवारी, तरुण दल मुसीकोन नगर संयोजक सन्तोष शाक्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मुनपाका सहसंयोजक मम् बहादुर खत्रीको स्वागत रहेको थियो भने सञ्चालन साविकको वामी गाबिसका सचिब तेजेन्द्र जिसी, सञ्चारकर्मी भुवन भुषाल र भिम पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथिद्धारा पानसमा बत्ती बाली उद्घाटन गरिएको कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय गान गाइएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले नाँच प्रस्तुत गर्नुभएको थियो ।

हजारौको उपस्थिती रहेको कार्यक्रममा नेकपा माओबादी केन्द्र र एमाले बाट गरी २ सय १५ भन्दा बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीरुलाइ कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा बिशिष्ट अतिथिद्धारा सम्मान सहित स्वागत गरिएको थियो । – अनिश शर्मा गैरेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली