2026-09-11 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङको अर्को गाउँपालिकामा पनि एमाले विजयी

जेठ १, मनाङ । मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ । 

निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपाध्यक्षमा एमालेकै मेङ्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ गुरुङले ५०५ मत प्राप्त गर्नुभएको छ । 

नौ वटा वडा भएको सो गाउँपालिकाको वडा नं १, २, ४, ८ मा वडाध्यक्षसहित सबैमा नेकपा एमाले, वडा नं ५ मा नेपाली काँग्रेस, वडा नं ६ को वडाध्यक्षमा राप्रपा र अरु सबै एमाले विजयी भएका छन् । वडा नं ९, ३ र ७ मा भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

कुल दुई हजार ८२५ मतदाता भएको नेस्र्याङ गाउँपालिकामा एक हजार १८४ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट