2026-07-01 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा कांग्रेस दुई स्थान र एमाले तिन स्थानमा बिजयी

2017-07-01

प्रेम सुनार/असार १७, गुल्मी । नेपालको चुनावी ईतिहाँसिमा  साविकको तम्घास र हाल रेसुङ्गा नगरपालिकामा पहिलो पटक कांग्रेसको किल्लामा विजयको झण्डा फर्फराउन पाएको नेकपा एमालेले यस नगरपालिका  र  दुई गाउँपालिकासहित तिन स्थानमा जित हाँसिल गरेको छ ।

रुरुगाउँपालिका प्रमुखमा भारी मत अन्तरले नेकपा एमालेका निलकण्ठ गौतम विजयी भएका छन् । उनले ५०२२ मत ल्याएर कांग्रेस माओवादी गठवन्धनका उमेदवार यदु ज्ञवालीलाई पराजित गरेका हुन् ।

प्रतिद्धन्द्धी ज्ञवालीले ३५६३ मत ल्याएका छन् । उप प्रमुखमा पनि एमाले कै लक्ष्मी पन्त ५५८८ मत ल्याएर विजयी भएकी छन् । उनका प्र्रतिद्धन्द्धी कांग्रेसका देविन्द्र मल्लले ३४४६ मत प्राप्त गरेर पराजित भएका छन् ।

मालिका गाउँपालिकामा पनि अधिकांस वडा सहित एमालेले  प्रमुख , उपप्रमुखमा विजयी हाँसिल गरेको छ । प्रमुखमा ४०४२ मत ल्याएर रितबहादुर थापा विजयी भएका छन् ।उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४४७ मत ल्याएका थिए ।

उपमेयरमा पनि एमालेकै देवा अर्यालले ४०२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सिता अर्यालले ३७५९ मत ल्याएकी थिईन् । २०६४ साल सम्म माओवादीको लालकिल्लालाई उसले यसपालीको निर्वाचनमा आएर गुमाएको छ । ईस्मा गाउँपालिकामा पनि एमाले कै अग्रता रहेको छ ।

छत्रकोटमा पनि एमालेले अग्रता लिई रहेको छ । मुसिकोट नगरपालिकामा पनि उसैले अग्रता लिई रहेको छ ।  अन्य चार वटा गाउँपालिकामा भने कांग्रेस माओवादी केन्द्रको गठवन्धनले अग्रता लिई रहेको छ छ ।

धुर्कोट  गाउँपालिकामा  कांग्रेसको समर्थनमा माओवादी केन्द्रका भुपाल पोखेरलले अग्रता लिई रहेका छन्  । त्यस गाउँपालिकको अन्य सवै वडा गनेर एमालेका गड रहेको साविकको वाग्लामा ५७६  मत गणना हुँदा ३७९ एमाले र गठवन्धले १८० मत प्राप्त गरेको जनाईको छ ।

त्यस वेला सम्म पोखरेलेले ५ सय भन्दा बढि मतले अग्रता लिएका छन् । वाग्लामा खसेको कुल मत १६७६ मध्ये करिव ११ सय मतमा एमालेका कृष्ण घिमिरे र गठवन्धनका पोखरेलको भविश्य लुकेको छ । वाजी कसले मार्ने हुन यसै भन्ने अवस्था छैन् ।

मदानेमा हिजो देखि मत गणना सुरु भएकोले परिणाम आई सकेको छैन् । कंग्रेस एकलले गुल्मी दरवार र चन्द्रकोटमा जित हाँसिल गरेको छ । मओवादी केन्द्र गठवन्धन सहित र एकल गरी अहिले सम्म १५ वटा वडाध्यक्षमा विजयी हाँसिल गरेको छ भने अन्य वडाहरुमा विजयी उन्मुख रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध