2026-10-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा कांग्रेस दुई स्थान र एमाले तिन स्थानमा बिजयी

प्रेम सुनार/असार १७, गुल्मी । नेपालको चुनावी ईतिहाँसिमा  साविकको तम्घास र हाल रेसुङ्गा नगरपालिकामा पहिलो पटक कांग्रेसको किल्लामा विजयको झण्डा फर्फराउन पाएको नेकपा एमालेले यस नगरपालिका  र  दुई गाउँपालिकासहित तिन स्थानमा जित हाँसिल गरेको छ ।

रुरुगाउँपालिका प्रमुखमा भारी मत अन्तरले नेकपा एमालेका निलकण्ठ गौतम विजयी भएका छन् । उनले ५०२२ मत ल्याएर कांग्रेस माओवादी गठवन्धनका उमेदवार यदु ज्ञवालीलाई पराजित गरेका हुन् ।

प्रतिद्धन्द्धी ज्ञवालीले ३५६३ मत ल्याएका छन् । उप प्रमुखमा पनि एमाले कै लक्ष्मी पन्त ५५८८ मत ल्याएर विजयी भएकी छन् । उनका प्र्रतिद्धन्द्धी कांग्रेसका देविन्द्र मल्लले ३४४६ मत प्राप्त गरेर पराजित भएका छन् ।

मालिका गाउँपालिकामा पनि अधिकांस वडा सहित एमालेले  प्रमुख , उपप्रमुखमा विजयी हाँसिल गरेको छ । प्रमुखमा ४०४२ मत ल्याएर रितबहादुर थापा विजयी भएका छन् ।उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४४७ मत ल्याएका थिए ।

उपमेयरमा पनि एमालेकै देवा अर्यालले ४०२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सिता अर्यालले ३७५९ मत ल्याएकी थिईन् । २०६४ साल सम्म माओवादीको लालकिल्लालाई उसले यसपालीको निर्वाचनमा आएर गुमाएको छ । ईस्मा गाउँपालिकामा पनि एमाले कै अग्रता रहेको छ ।

छत्रकोटमा पनि एमालेले अग्रता लिई रहेको छ । मुसिकोट नगरपालिकामा पनि उसैले अग्रता लिई रहेको छ ।  अन्य चार वटा गाउँपालिकामा भने कांग्रेस माओवादी केन्द्रको गठवन्धनले अग्रता लिई रहेको छ छ ।

धुर्कोट  गाउँपालिकामा  कांग्रेसको समर्थनमा माओवादी केन्द्रका भुपाल पोखेरलले अग्रता लिई रहेका छन्  । त्यस गाउँपालिकको अन्य सवै वडा गनेर एमालेका गड रहेको साविकको वाग्लामा ५७६  मत गणना हुँदा ३७९ एमाले र गठवन्धले १८० मत प्राप्त गरेको जनाईको छ ।

त्यस वेला सम्म पोखरेलेले ५ सय भन्दा बढि मतले अग्रता लिएका छन् । वाग्लामा खसेको कुल मत १६७६ मध्ये करिव ११ सय मतमा एमालेका कृष्ण घिमिरे र गठवन्धनका पोखरेलको भविश्य लुकेको छ । वाजी कसले मार्ने हुन यसै भन्ने अवस्था छैन् ।

मदानेमा हिजो देखि मत गणना सुरु भएकोले परिणाम आई सकेको छैन् । कंग्रेस एकलले गुल्मी दरवार र चन्द्रकोटमा जित हाँसिल गरेको छ । मओवादी केन्द्र गठवन्धन सहित र एकल गरी अहिले सम्म १५ वटा वडाध्यक्षमा विजयी हाँसिल गरेको छ भने अन्य वडाहरुमा विजयी उन्मुख रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला