प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएक"/>

2026-09-02 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा सत्तारुढ गठबन्धन दुईमा असफल, तिनमा सफल


प्रेम सुनार गुल्मी/असार १८, गुल्मी ।  गुल्मीमा  स्थानिय निर्वाचनमा  कांग्रेस माआृेवादी केन्द्र विच भएको पाँच स्थान मध्ये दुई स्थानमा असफल भएको छ भने तिन स्थानमा सफल भएको छ ।  रुरु र छञकोटमा एमालेले गठबन्धनलाई असफल बनाउन सफल भएको छ भने एमालेको किल्ला मानिने धुर्कोट, सत्वतीमा गठबन्धनले एमालेलाई असफल बनाएको छ भने कालिगण्डकीमा अग्रता लिई रहेको छ ।  गठबन्धनबाट सत्वतीमा  एक जना कांग्रेस र धुर्कोटमा माओवादी केन्द्रका नेताले प्रमुख पद जितेका छन् ।  

सत्यवती गाउँपालिकामा  कांग्रेस माओवादी गठबन्धनका  प्रमुख उमेदवार कांग्रेस नेता पारिश्वर ढकाल विजयी भएका छन् भने धुर्कोटमा माओवादी केन्द्रका नेता भुपाल पोखरेल गाउँ प्रमुखमा विजयी भएका छन् । 

ढकाल ५१९७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी एमालेका अमर सिह सिजापतिले ५१३३  ल्याएका थिए ।  उपप्रमुखमा  भने झिनो मतले एमाले उमेदवार शुवर्ण शाहि ५४४९ मत ल्याएर विजयी भएकी छिन् ।  गठवन्धनकी  उपप्रमुख उमेदवार माओवादी केन्द्रकी टोपकला थापाले  ४९५५  मत ल्याएकी थिईन् । त्यस्तै  धुर्कोट गाउँपालिकामा  एमालेको  किल्ला कांग्रेस माओवाद गठबन्धनले तोड्दै विजयी हाँसिल गरेका छन् । 

गठबन्धनले एमाले उमेदवार  कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै  माओवादी केन्द्रका नेता  भुपाल पोखरेल विजयी भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् । 

त्यस्तै उपप्रमुखमा कांग्रेस  नेता  शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । छत्रकोट गाउँपालिकाको कांग्रेस माओवादी केन्द्रको गठबन्धन भने पराजित  भएकोा छ ।   छत्रकोटमा एमालेका जिल्ला अध्यक्ष  मधुकृष्ण पन्त प्रमुख पदमा विजयी भएका छन् । उनले ५ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनको  प्रतिद्धन्द्धी कांग्रेस माओवादी गठबन्धनका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत पाप्त गरेका थिए । 

उपाध्यक्षमा पनि एमालेकी नर्मदा भण्डारी ५ हजार ४ सय ७६ मतसहित विजयी  भएकी छिन् । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद पाण्डले ४ हजार ७ सय २६ मत प्राप्त गरेका थिए । रुरुमा गठबन्धनका यदु ज्ञवालीलाई पराजित गरी एमालेका निलकण्ठ गौतम  विजयी भएका छन्  ।  

तर गठबन्धनले   प्रपोकण्डकै भरमा जितेको  आरोप लगाएको छ । पुराना व्यििक्त गौतमले हार्ने देखे पछि एउटी युवतीलाई हतियार बनाएर चुनावको मुखमा आई आफुलाई  ६ वर्ष पहिले यदु ज्ञवालीले आफुलाई सेक्स प्रस्ताव राखेको भन्ने अडियो काटकुट गरेर फेशबुकमा भाईरल बनाई एमालेले प्रपोकाण्ड मच्चाएको गठबन्धनको आरोप छ । 

उता एमाले जनले पनि  वम्घामा एमालेले गाई काटेर  दलितहरुलाई भोज खुवाएको भन्दै गठबन्धनले  प्रपोकाण्ड मच्चाएको आरोप लगाएका थिए ।  जिल्लामा  १२ स्थानिय तह निर्वाचन अवधीर सवै भन्दा तुच्छ प्रोपोकाण्ड त्यसै रुरु गाउँपालिकामा मात्र देखिएको छ । 

जवकी एक दोषिले गाई काट्छ् तर सिङ्गो पार्टी पंक्तिलाई जोडिन्छ । उता २७ वर्षिय अविवाहित ज्ञवालीले  प्रस्ताव राखेकै भए  कति ठुलो कुरा थियो र  ? त्यो पनि ६ वर्ष अघिको कुरा  चुनावको मुखमा आएर भाईरल । यसरी ‘गाई र हेलो हाई काण्ड ’ ले गठबन्धनलाई घाटा र एमालेलाई  फाईदा भएको स्वतन्त्र व्यक्तिहरुको विष्लेशण छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली