प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्"/>
2026-06-22 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमालेद्वारा १ भोटका लागि १ लाखको अफर ! २५ हजार नगद दिएको खुलाशा

प्रेम सुनार | असार ३१, गुल्मी | स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यापालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाण सहित पर्दाफास गरिएको छ । 

आज नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका  एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ बाट वियजी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड सहित उक्त नगद सहित सार्वजानिक गरिएको हो । 

उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस, कार्यापालिका जितियो भने एक लाख अरु दिईने छ, पैसाको पिरै नगर्नुस् ।’

कांग्रेस कार्यकर्ता नेपालीले आफु इमान्दा कांग्रेसजन भएकोले  एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजानिक गरेको बताए । उनले यस्तो आरोप लगाउँदै प्रश्न गरे – ‘म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधरण गरिव दलितहरु कति बिके होलान ?’

कांग्रेस सभापति श्रेष्ठले एमालेको चुनावमा  जितका पछाडीको रहश्य बल्ल अहिले आएर खुलेको आरोप लगाए ।  

उनले भने–‘ हामीलाई चुनाव ताका थियो, एमालेले थुप्रै दलित गरिवहरुलाई पैसा बाडेको छ भन्ने कुरा तर पनि प्रमाण थिएन, वल्ल अहिले आएर स–प्रमाण फेला पारेका छौं,  पत्रकार सम्मेलन मात्रै गरेका होईनौं निर्वाचन आयोगमा मुद्धा समेत दायर गर्दैछौ । ’  मेयरका पराजित उमेदवार रहेका श्रेष्ठले  थपे–पैसा बाँडेर चुनाव जित्नु भनेको ति दलित गरिव वर्ग समुदाय माथीको ठुलो अपमान हो  ।  वडा नम्वर १४  , साविकको पाराल्मी गाविसमा पनि कांग्रेस कार्यकर्ताहरुले पैसा बाँढ्दै गरेका एमाले कार्यकर्ताहरुको पैसा वरामद गरी राखेको सोही कार्यक्रममा बताएका थिए । कांग्रेस सचिव खिलध्वज पन्थीले पैसा बाँड्ने आरोप लागेका एमाले नेतालाई दलितहरुका ठेकेदारहरुको संज्ञा दिए । 

पैसा दिएको आरोप लागेका ति एमाले नेताले भने आफुले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत