2026-10-28 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा फेरी अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

प्रेम सुनार | साउन–५, गुल्मी ।  केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएको घटना सेलाउँन नपाउँदै गुल्मी मै फेरी अर्का दलित त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै कुटिएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ , ग्वाघाका  नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसी रहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कानमा असर पर्ने गरी कुटपिट गरेको  विरुद्ध चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ  ।

त्यस विषयमा अहिले  दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् ।

टेलिफोन सम्पर्क गर्दा श्रीमानले कान सुन्न छाडेको भन्दै उनको श्रीमतिले फोन उठाईन् । के कसरी कुटिएको हो ? बताउन लगाउनुस भने पछि बिकले भने–‘  यहाँकी एक महिला संग  चुनावको प्रचार ताका एमालेले जस्ता पाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेको थियो के रे , अहिले एमालेले जिते पछि त त्यो देला नि, नत्र जनताले कालो मोसो दल्छन भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने, मैले कान सुन्नै छाडेको छु । ’

बिक बुटवलमा उपचार गरी हिजो साँझ घर आएका हुन् ।  वडाध्यक्ष पुनले बढि बोल्न पाईन्छ र ? जथाभावी वोले पछि सामन्य हात हालेकै हो, कानको जाली फुट्ने गरी चाँही होईन भने । दलित सञ्जाल चन्द्रकोटका अनुसार यस घटनामा  जातिय विभेद नझल्कीए पनि दलितहरु माथी पहिलेको जस्तो हेपाह प्रवृद्धि चाँही हो ।

जथाभावी के बोले बिकले र कुट्नु भयो त ? भन्ने प्रश्नमा वडाध्यक्ष पुनले अहिले मासमा छु, पछि भनौला भनेर फोन राखे । जनतालाई जितको उपहार हो, झापड ? भन्ने प्रश्नमा उनी अलि अकमकिए ।

उता  केहि दिन अघि किराना पसल संगै रहेको घरेलु मदिरा भट्टीमा खाना खाएको भाँडा नमाझेको भन्दै मरणशन्य कुटिएका  मुसिकोट ४ , बडागाउँ हलोगाडेका कर्णबहादुर नेपालीको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभए पछि भैरहवा रिफर गरिएको छ ।

अन्य घाउँ यहाँ निको भए पनि नेपालीको आँखामा लागेको चोट निको नभए पछि आँखा अस्पताल भैरहबा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । नेपालीलाई त्यस अस्पतालमा १५ दिन बस्नु पर्ने डाक्टरले बताएको उपचार गर्न  त्यहाँ पुराएकी  बडागाउँकी मिरा बिकले जानकारी दिईन् ।

कुटपिट र  जातिय विभेद गरेको आरोप लागेका कृष्ण कार्की यति वेला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन भने उनकी आमा शोभा कार्की प्रहरीको निगरानीमा छन् । उनिहरु विरुद्ध अदालतमा छुवाछुत विभेद तथा कुटपिटको मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।

यस घटनालाई लिएर नेपाल राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारको नेतृत्वमा राजधानीका विभिन्न संस्थाबाट  ८ जना अधिकारकर्मीको टोली आजै गुल्मी आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला