प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषण"/>
2026-07-01 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सय दिन भित्र मुसिकोट नगरपालिका पुरै उज्यालो हुने

प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषणा गरेका छन् । 

‘हामीलाई जानकारी दिनु होस् कि  मुसिकोट नगरपालिका भित्र गरिवीका कारणले  वा अन्य कारणले को कसको घरमा विद्युत पुग्न सकेको छैन्’– मेयर सापकोटाले भने–‘हामी सय दिन भित्र सके विद्युत नै , यदि सकिएन भने  सोलर पुराएर भए पनि पदभार ग्रहण गरेको  सय दिन भित्र मुसिकोट नगर उज्यालो  पारेरै छाड्छौं ।’ 

उनले मुसिकोट नगर कार्यापालिका  सर्व प्रथम आधरभुत समस्याले पिल्सीदै आएका वर्ग समुदायलाई कसरी माथी उठाउन सकिन्छ  भन्ने विषयमा चिन्तीत रहेको  बताए । 

त्यस्तै जातिय  विभेद , सामाजिक विकृति विसंगतिलाई निर्मुल पार्दै  सभ्य र समतामुलक समाजको विकास  गर्ने  , कुनै पनि जनतालाई अन्याय हुन नदिने र समग्र विकासका लागि सवै तह र तप्का संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धत्ता समेत जनाए ।

मेयर सापकोटा यति वेला मुसिकोट नगरपालिका भित्रको  श्रोत साधनको अध्यानमा  व्यस्त छन् । उनले जनता अहिले सम्म पनि झिना मसिाना समस्या मै पिल्सिएको आफ्नो अध्यानले देखाएको  बताए । 

मुसिकोट नगरपालिका भित्र धेरै जसो दलित जनजाती  र अन्य समुदाय समेत गरिवीको रेखामुनी छन् । व्यवस्थीत  वस्ती  छैन्  , कतिपयको गरी खाने जमिन छैन् , कैयौं स्थानमा खानेपानीको समस्या विकाराल छ त्यस कार्यापालिकाको पहिलो प्राथमिकता र चुनौती  यि विषयमा देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ