२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ

२५ बैशाख २०८२, बिहीबार १२:४८

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा कि जुन, लेई योङ्गहाई, हे क्वेङ्गसेङ्ग र हाउङ्ग लिमिन रहेको दाबी गरिएको छ ।

आज तकका अनुसार अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चिनियाँहरुले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा बोल्ने गरेको जनाइएको छ । उनीहरुले आफ्नो बयान बारम्बार बदलिरहेको आज तकले उल्लेख गरेको छ ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरुको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत मिलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र