2026-08-07 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसवर्षको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसक्ने : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाकोा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही प्रयास गरेको हो कि, केही कोसिस गरेको हो कि फरक देखाउन भन्ने जस्तो देखिन्छ,’ उनले भने । तर, यसवर्षको गत वर्षको जस्तो प्रयास गरेको नीति तथा कार्यक्रम आउन नसकेको उनको बुझाइ छ ।

आफूले टिपेर ल्याएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष नेपाली जनताको सुःख र समृद्धिकालागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउनेगरी सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार गरेको लेखिएको थियो ।’ यस वर्षको नीति तथा कार्यक्रममा यस्तो नभनिएको उनले बताए । अगाडि भन्छन्, ‘गत वर्ष यो व्यवस्थाप्रति आशा जगाउन प्रयत्न गर्ने भन्ने थियो ।’ यसवर्ष फरक भाषा प्रयोग भएको र व्यवस्थाको रक्षार्थ लड्ने भनेर ल्याइएको उल्लखे गर्दै उनले यस्तो भाषाले सरकार कमजोर मनस्थितिमा रहेको देखाएको बताए ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको उनको भनाइ थियो । यसकारण आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने उनले बताए । यसलाई बन्देज लगाउन नमिल्ने उनको आग्रह छ । कतिपयले संविधानले पूर्ण खारेजीको माग गरिरहँदा आफूहरूले संविधान खारेजी नभएर संविधानभित्रै रहेर आफ्ना एजेण्डा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आएको उनले बताए । ‘तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न अघिल्लो सरकारले भने जस्तै,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अघिल्लो सरकारले आशा जगाउने काम गर्‍यो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’

आशा जगाउन जनतामा रहेको निराशा सरकारले चिर्न सक्ने उनको सुझाव छ । जनतामा आशा जगाउन फजुल खर्च कम गर्ने लगायतका उपाय हुन सक्ने उनको राय छ । फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै उनले तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताए ।

फजुल खर्च हुने संरचना खारेज गर्दा आफूहरूको समर्थन रहने उनले बताए । प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन सक्ने नीति अवलम्बन गर्न नसकेको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न