प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्या"/>

2026-10-28 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अनेरास्ववियु गुल्मीको नेतृत्वका लागि भिडन्तको संकेत

प्रेम सुनार | भदौ २५, गुल्मी । आगामी असोज ४ र ५ गते तम्घासमा हुन गईरहेको अनेरास्ववियु गुल्मीको २३ औं जिल्ला अधिवेशनमा  नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत विद्यार्थी नेताहरुले देखाउन थालेका छन् । सम्मेलन आयोजक कमिटीका संयोजक रहेका राजेन्द्र विक्रम कुँवरले आफु सम्मेलनबाट अध्यक्षमा  सर्वसम्मत निर्वाचित हुने  दावि गर्दछन् । तर उता भर्खर मात्रै रेसुङ्गा वहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका अनेरास्ववियुका जिल्ला सदस्य श्रीराम महत पनि सो संगठनको अध्यक्ष कै दावेदार रहेको बताउँदै आएका छन् ।

  जिल्ला संयोजक कुँवरले सह संयोजक शोभाखर गिरी मालिका गाउँपालिका अर्जैको वडाध्यक्षमा निर्वाचित भएको र श्रीराम महत स्ववियु सभापतिमा निर्वाचित भएकोले यस पटक स्वत आफु सर्वसम्मत  अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

असोज ४ गते तम्घासमा नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलनमा यी दुई विद्यार्थी नेताहरु विच महाभिडन्त हुने आकलन गरिएको छ । विगत लामो समय देखि जिल्ला नेतृत्वको दावि गर्दै आएका कुँवर खरो र स्पष्ट वक्ताका  रुपमा परिचित छन् । उता श्रीराम महत पनि उस्तै क्षमतावान देखिन्छन् ।

नेकपा एमालेको उक्त विद्यार्थी संगठनको सम्मेलनमा पनि गुुट उपगुटको प्रभाव नरहला भन्न सकिन्न । कुँवर नेकपा एमालेको संस्थापन र अनेरास्ववियुको पनि संस्थापन पक्षधर मानिन्छन् । महत भने कतै नखुलेका तर लामो समय देखि नेतृत्व सम्हाल्दै आएका कुँवरलाई अध्यक्ष मान्न तयार नहुनुले अर्को गुटमा छन् कि भनेर अनुमान गर्नेहरु पनि एमाले भित्र छन् । अध्यक्षको दावि गर्दै आएका महत पनि नेतृत्व चयन सर्वसम्मत नै हुन तर त्यसमा अध्यक्ष आफुलाई नैचयन गरिने उनलेदावि  गरे ।

उनले भने राजेन्द्रजीले १२  वर्ष देखि संगठन चलाई सक्नु भएको छ । अढाई वर्ष देखि प्रमुख पद नै सम्हाल्नु भएको छ । उहाँको कार्य क्षमता पनि देखि सकियो । यसर्थ पनि क्षमताको आधारमा अव नेतृत्व हस्तान्तरण पुस्तान्तरण हुनै पर्दछ । यसर्थमा पनि म अध्यक्ष पदको दावेदार हुँ ।

तपाईलाई सर्वसम्मत स्वाकार गरिएन भने तपाई के गर्नु हुन्छ भन्ने प्रश्नमा कुुँवरले भने अनेरास्वुवियु गुल्मीको ईतिहाँसमा सर्वसम्मत र सर्वस्वीकार्य नेतृत्व चयन हुने यो नै अनुकुल सम्मेलन भएको दावि गर्दै आफ्नो निहित संकिर्ण स्वार्थका लागि साथीहरुले अस्वस्थ एवं गुटबन्दीका कृयाकलापहरु  नगर्नेमा आफु विश्वस्त रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला