2026-09-02 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वाग्लुङ्ग बन्दै कम्युनिष्टमय जिल्ला


प्रेम सुनार/कात्तिक ११, गुल्मी । केन्द्र स्तरमा वाम एकताको प्रयास लगत्तै गाउँ गाउँमा रहेका कम्युनिष्ट कार्यकर्ताहरु निकै उत्साहित देखिएका छन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रि जनमोर्चा लगायतका हरेक कम्युनिष्ट कार्यकर्ता वाम एकतालाई स्वागत मात्रै होईन कति बेला एक हुन पाईएला भन्ने कामना गरिरहेका छन् । देशैभर हरेक कार्यकर्ताको उत्साह संगै छिमेकी जिल्ला बाग्लुङ्ग कम्युनिष्ट कार्यकर्ताहरु संयुक्त रुपमा चुनावी सभाहरु  गर्न थालेका छन् ।

ति चुनावी सभाहरुमा रहेका एमाले कार्यकर्ताले म एमाले हुँ भन्दैनन हामी कम्युनिष्ट हुँ भन्छन् । माओवादी केन्द्र र जनमोर्चाका कार्यकर्ताहरुले पनि त्यह भन्छन् । अहिले वाग्लुङ्ग जिल्ला कम्युनिष्टमय बनेको छ । कम्युनिष्टहरुको ६२ प्रतिशत जनमत रहेको बताईने बाग्लुङ्गमा कांग्रेसको उमेदवारी औपचारिकता मात्रै भएको वामगठबन्धनका नेताहरुले दावि गर्दै आएका छन् । 

संयुक्त बाम गठबन्धनले  बागलुङ नगरपालिका वडा नम्बर ४ को उपल्लाचौरमा आयोजना गरेको उमेदवार परिचय कार्यक्रम तथा चुनावी सभालाई सम्वोधन गर्दै बाम गठबन्धनबाट बागलुङको क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेदवार डा सूर्य पाठकले प्रतिनिधि र प्रदेशसभामा उठेका सम्पूर्ण बाम उमेदवारहरुले निर्वाचन जितीसकेको भन्दैं बाम्पन्थीहरुको बागलुङमा प्रतिष्पर्धा नै नभएको बताए ।

६२ प्रतिशत जनमत रहेका बागलुङमा बामपन्थी उमेदवारको अगाडी चुनावी मैदानमा आउनु नेपाली काङग्रेसको औपचारिकता मात्र भएको पाठकको भनाई थियो ।

१ नम्बर क्षेत्रको प्रदेशसभा ९क० का उमेदवार ईन्द्रलाल सापकोटाले बामपन्थीहरुको बहुमत रहेको देशमा अल्पमतमा रहेको नेपाली काङग्रेसले सत्ता सञ्चालन गर्दा देशमा राजनीतिक अस्थिरता बढदैं गएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, नेकपा माओवादी केन्द्रका नेता कुमार विक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

शुक्रबारनै संयुक्त बाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन सम्पर्क कार्यालयको स्थापना तथा उद्घाटन गरेको छ ।

निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक रामजीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा संयुक्त बाम गठबन्धनका उमेदवार देबेन्द्र पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य मनकुमारी केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लक्ष्मी बास्कोटा लगाएताले बोलेका थिए ।

यसैवीच आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा संयुक्त बामपन्थी उमेदवारहरुलाई विजयी गराउनुपर्ने भन्दैं शुक्रबार बागलुङमा शिक्षक कर्मचारीहरुको संयुक्त भेला सम्पन्न भएको छ ।

भेलाले नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्दबहादुर भण्डारीको संयोजन, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीज र अखिल नेपाल शिक्षक संघका नेत्रदत्त ढकालको सह–संयोजनमा २ सय ५१ सदस्यीय मतदाता शिक्षा परिचालन कमिटि गठन गरेको छ । त्यस्तै भेलाले अध्यक्ष भण्डारीकै संयोजकत्वमा १५ सदस्यस्य सचिवालय सदस्य समेत गठन गरेको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीजको स्वागत तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व सह–सचिव थानेन्द्र प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली