2026-07-03 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा वाम गठबन्धन कांग्रेस भन्दा २२ हजार मतले अगाडी

प्रेम सुनार | कात्तिक ५, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगतको गुल्मीमा प्रतिनिधी सभा र प्रदेशसभाका लागि  हुन गईरहेको निर्वाचनमा कुन-कुन पाटीको को-को नेताले जित्ने हुन भन्ने चर्चा चुलिदै गएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन हुँदा पनि १२ स्थानिय निकाय मध्ये ७ स्थानिय निकाय नेकपा एमालेले एक्लैले जितेको थियो । २०५१ देखि लगातार लालकिल्लाका रुपमा स्थापित यस जिल्लालाई २०७० को संविधान सभा चुनावमा आएर क्षेत्र नम्वर २ मा कांग्रेस नेता चन्द्र भण्डारी र र क्षेत्र नम्वर १ मा कृष्ण छन्त्यालले जितेर लालकिल्ला भङ्ग गरी कांग्रेसको विरासत फर्काएका थिए ।

क्षेत्र नम्वर ३ मा मात्र नेकपा एमालेका नेता गोकर्ण विष्टले जितेका थिए । अहिले दुई वटा मात्रै क्षेत्र र चार वटा प्रदेश बनेका छन् । २०७० मा गुमेको मत स्थानिय तहको निर्वाचनमा आएर नेकपा एमालेले पनि बडायो र माओवादी केन्द्रले पनि आफ्ना मतदाता फर्कायो । तिनै मत आगमी निर्वाचनमा पनि अथावत रह्यो भने नेपाली कांग्रेस र अन्य साना दल भन्दा वाम गठबन्धन २२ हजार भन्दा बडि मतले अगाडी देखिएको छ । जिल्लामा मतका आधारमा २०५१ साल देखि नै वामपन्थीहरु अगाडी छन् । ०५१ र ५६ सालमा गुल्मीका तीव वटै निर्वाचन क्षेत्र एमालले जितेको थियो । भने ०६४ सालको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र माओवादी र एउटा निर्वाचन क्षेत्र एमालेले जितेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । तर एमालेले एउटा मात्र निर्वाचन क्षेत्र जितेपनि मतको आधारमा वाम पन्थीहरु अगाडी नै थिए । 

यस्तो छ स्थानीय तहको मत 

कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु गाउँपालिकाको वार्ड नम्बर २, ५ र ६ समावेश गरि प्रदेश सभा १ निर्माण भएको छ । यो प्रदेशमा स्थानीय निकायको निर्वाचनको सदर मत ३५ हजार दुई सय ९१ हो । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्थात बाम गठबन्धनको २० हजार चार सय ६३, नेपाली काङ्ग्रेसको १४ हजार सात सय पाँच र अन्य दलको एक सय २३ मत रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धन काङ्ग्रेस भन्दा पाँच हजार सात सय ५८ मतले अगाडी रहेको छ ।  रुरु गाउँपालिकाको वार्ड नम्बर १, ३ र ४ सहित छत्रकोट, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको वार्ड नम्बर ७ देखि १४ सम्म गरि प्रदेश सभा २ को निर्माण गरिएको छ । यस प्रदेश सभामा स्थानीय निकायको निर्वाचनमा ४५ हजार २६ कुल सदर मत रहेको छ ।

जसमध्ये बाम गठबन्धनले २२ हजार चार सय १६, नेपाली काङ्ग्रेसले १५ हजार एक सय ९४ र अन्य दलले एक सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए । प्रदेश नम्बर २ मा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा सात हजार दुई सय २२ मतले अगाडी देखिएको छ । रेसुङ्गा नगरपालिकाको वडा नं १ देखि ७ सम्म, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिका गरी प्रदेश सभा ३ निर्माण भएको छ ।

स्थानीय तह निर्वाचनमा यो प्रदेशको कुल सदर मत २८ हजार ५३ रहेको थियो । जसमध्ये बाम गठबन्धनले १५ हजार आठ सय ७७, नेपाली काङ्ग्रेसले १२ हजार १५ र अन्य दलले एक सय ६१ मत प्राप्त गरेको नायव सुब्बा पाण्डेले बताए । यो प्रदेशमा पनि बाम गठबन्धन काङ्ग्रेस भन्दा तीन हजार आठ सय ६२ मतले अगाडी रहेको छ । 

गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ मा धुर्कोट, मदाने र मालिका गाउँपालिका रहेका छन् ।

स्थानीय निकायको निर्वाचन अनुसार यस सभामा ३२ हजार तीन सय ३८ मत सदर भएको छ । जसमध्ये एमाले र माओवादीको कुल मत २० हजार आठ सय ९५ र काङ्ग्रेसको ११ हजार तीन सय २३ रहेको छ । अन्य दलहरुले एक सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा गठबन्धन सबैभन्दा धेरै नौ हजार पाचँ सय ७२ मतले अगाडी रहेको छ ।यसरी स्थानिय तहको निर्वाचनमा चार वटै प्रदेशमा खसेको मत संख्या जोड्दा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन २२ हजार २ सय १४ मतले अगाडी छ । 

गुल्मीमा झण्डै दुई लाख मतदाता

गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गणेश बहादुर खत्रीले बताए । गएको स्थानीय निकाय चुनावमा गुल्मीमा एक लाख ८० हजार सात सय ७५ मतदाता रहेका छन् । प्रतिनिधिसभा सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ अनुसार गुल्मीमा दोस्रो चरण अन्तगरगत मंसिर २१ मा निर्वाचन हुन लागेको हो । 

जसका लागि कार्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूचि प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै १७ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने, १८ गते मनोनयनपत्र र उजूरी उपर जाँजबुझ गरी निर्णय गरी नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारको नाम फिर्ता लिने, पुन उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अनुगमन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय नजिकिएको छ । जसका कारण जिल्लामा चुनावी सरगर्मी बढ्दै जान थालेको छ । स्थानीय निकायको चुनावमा काङग्रेस माओवादीबिच भएको तालमेल अहिले एमाले माओवादी सहितका बिचमा भएको छ । 

यी हुन् वाम गठबन्धनका हस्ती 

गुल्मीको क्षेत्र नम्वर १ र २ को प्रतिनिधी सभामा क्रमशः नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टले उमेदवारी पाउने भएका छन् । ज्ञवालीका प्रतिष्पर्धी कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी रहेका छन् । त्यस्तै विष्टका प्रतिष्पर्धी कांग्रेस महासमिति सदस्य चन्द्र केसी हुने चर्चा छ । त्यस्तै प्रदेश सभाको १ मा माओवादी केन्द्रका नेता तथा पुर्व सांसद सुदर्शन बराल र सोही पार्टीका अर्का नेता युवाराज केसीको नाम चर्चामा छ । 

प्रदेश सभा २ मा नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठ सर्वसम्मत भएका छन् । ३ नम्वर प्रदेशमा एमाले नेता खड्ग केसीले उमेदवारी पाउने बताईएको छ । ४ नम्वर प्रदेशमा माओवादी केन्द्रका नेताद्धयः दिनेश पन्थी र बुद्धि जिसीको नाम चर्चामा छ । प्रदेश सभाको उमेदवारीमा कांग्रेसबाट धेरैको नाम चर्चामा भए पनि एकिन हुन सकेको छैन् । अन्य दलहरुबाट पनि धेरैको नाम चर्चामा भए पनि टुङ्गो लागेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक