2026-09-02 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र केपीको हैसियतबारे यसो भने गोकर्ण विष्टले

प्रेम सुनार/कात्तिक १४, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले बाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थाई सरकार निर्माण गर्ने बताएका छन् । 

मंगलबार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकमीहरुसँग कुाराकानी गर्दै नेता विष्टले यस्तो बताएका हुन् । बाम गठनन्धनको स्थाई सरकार त बन्ने तर  प्रचण्ड र के.पी. ओलि लगायतका शिर्ष नेताहरुलाई राष्ट्रपति, प्रधानमन्त्रि लगायतका पदमा ब्यवस्थापन गरिने जवाफ दिए । तर राष्ट्रपति र प्रधानमन्त्रि को–को बन्ने भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।

आगामी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उमेद्धार रहेका विष्टले बाम तालमेल र एकता कसैका विरुद्ध नभई देशको आवश्यकता र जनचाहाना भएको बताए । उनले बाम एकता अधिनायकवादका लागि नभई लोकतन्त्रलाई थप मजबुत पार्न रहेको दोहो¥र्याए ।  उनले भने ‘अहिलेको बाम गठबन्धन कसैका विरुद्ध छैन्, यो देशको आवश्यकता र जनचाहना अनुसार निर्माण भएको गठबन्धन हो ।’

 उनले नेपालमा ब्यप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर माथि उकास्न, स्वरोजगारको सिर्जना तथा विकासका पूर्वाधारको समुचित विकास गरि समृद्ध र नयाँ नेपाल निर्माण गर्न बाम गठबन्धनको निर्माण गरिएको बताए । 

उनले निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकताको प्रक्रिया सुरु हुने र एकता भएरै छाड्ने ठोकुवा गरे । पार्टी एकताका लागि यतिका बर्षपछि आएर कम्युनिष्ट नेताहरुको बुद्धि पलाएको हो की वा उत्तर छिमेकीको सुझावमा  हो ? भन्ने पत्रकारको प्रश्नमा नेता विष्टले यो पूर्णत अर्गानिक र पहिलेदेखिको प्रयासबाट भएको दावि गरे । 

सदरमुकाम तम्घासमा मंगलवार विहान पत्रकारहरु संग कुराकानी गर्दै नेता विष्ट 

उनले थपे–‘ के.पी. ओली प्रधानमन्त्री हुनु भन्दा पहिले नै एकताको लागि वार्ता भइरहेको तर यसलाई बाहिरी शक्तिहरुले भाँड्ने देखेर बाहिर नल्याएको  जसलाई दशैमा आएर दुई शिर्ष नेताहरुले अन्तिम रुप दिनु भएको हो ।

जिल्लाको विकास निर्माणबारे अहिले क्षेत्र नम्बर २ गाभिएको रेसुङ्गा नगरपालिकाभित्रका सबै भित्रि सडक समेत कालोपत्रे गर्ने, धार्मिक एवम् पर्यटकिय स्थल रेसुङ्गाको विकासका लािग केबुलकार लगायतको सम्भाब्यता, यहाँको आवश्यकता र सम्भावनालाई अध्ययन गरि साझा रुपमा विकास गरिनुपर्ने बताए । 

उनले साविकको क्षेत्र नम्बर ३ र हालको क्षेत्र नम्बर २ का सबै स्थानका मोटरबाटाहरु कालोपत्रे गर्ने, प्रत्येक घरमा विद्युत र पानीको धारा पु¥र्याउने, रेसुङ्गा नगरपालिका भित्र टेक्नीकल कलेज खोल्ने, सुविधा सम्वन्न अस्पताल निमार्ण गर्ने र रेसुङ्गा क्याम्पसको स्तरबृद्धि गर्ने  प्रतिबद्धता समेत जनाए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली