प्रेम सुनार | कात्तिक १६, गुल्मी | वाम  तालमेल पछि नेपाली कांग्रेसका नेताहरु गैह्र जिम्मेवार अभिब्यक्ति दिदै आएको भन्दै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक १६, गुल्मी | वाम  तालमेल पछि नेपाली कांग्रेसका नेताहरु गैह्र जिम्मेवार अभिब्यक्ति दिदै आएको भन्दै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर"/>
2026-09-02 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले प्रतिपक्षको हैसियत समेत गुमाउँदै छः प्रदिप ज्ञवाली

प्रेम सुनार | कात्तिक १६, गुल्मी | वाम  तालमेल पछि नेपाली कांग्रेसका नेताहरु गैह्र जिम्मेवार अभिब्यक्ति दिदै आएको भन्दै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले नेपाली कांग्रेसका नेताहरुलाई गिरेर नबोल्न चेतावानी दिएका  छन् ।

क्षेत्र नम्वर १ को निर्वाचन कार्यालयमा उमेदवार िदिदै नेता ज्ञवाली भने–प्रधानमन्त्री शेरबहादुर देउवा जस्तो  ब्यक्तिले समेत वाम गठबन्धनन विरुद्ध जुन अभिव्यक्ति दिदै आउनु भएको छ त्यो हामीलाई शैह्य छैन ।’

उनले भने–‘भारतमा एक समय कांग्रेस आई जसरी ठुलो पार्टी बनेर विपक्षीहरु माथी जसरी ग्रैह्र राजनैतिक व्यबहार देखाएर प्रस्तुत हुन्थ्यो अहिले चुनावमा १० प्रतिशत मत समेत नल्याएर विपक्षी राजनैतिक दलको हैसियत समेत गुमाउनु परेको छ ।  त्यस्तै रुपमा प्रस्तुत भएको नेपाली काग्रेसले पनि यसपालीको निर्वाचनमा त्यही नियति भोग्न नपरोस् म उहाँहरुलाई सुझाव दिन्छु । ’

वाम गठबन्धनले दुई तिहाई लिएर पाँच वर्ष सम्म स्थिर सरकार र समृद्धि मुलुक बनाउने कुरामा निश्चित छ यहि कुराबाट अत्तालिएर काग्रेस होस गुमाएको मान्छे जस्तै भएर प्रस्तुत भएको छ उनले भने कृपया कांग्रेस घटोस विग्रोस भन्न म चाहन्न अलि सुध्रिओस भन्न चाहन्छु ।

क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभाको उमेदवारी दिन आएका वाम गठबनधनका उमेदवार एवं अर्का एमाले सचिव  गोकर्ण राज विष्टले यसपाली गुल्मी काग्रेसका कुनै पनि उमेदवार औपचारिकता पुरा गर्न मात्रै उमेदवारी दिएको भन्दै होच्चाए । उनले भने–‘ वाम गठबन्धबाट गुल्मेली जनताका हामी सवै साझा उमेदवार भई सक्यौं, यसर्थ म कांग्रेसजनलाई हामीलाई भोट हाल्न आग्रह गर्द छौं ।

वाम  एकता नौटङकीः काग्रेसजन

यता क्षेत्र नम्वर १ बाट मनोनयन दर्तां गर्न आएका कांग्रेस नेता चन्द्र भण्डारीले वामगठबन्धन धेरै दिन टिक्न नसक्ने बताए । उनले  भने यो वाम एकता केहि दिनको नौटङकी मात्र हो धेरै दिन  टिक्न सक्दैन भोट काग्रेसमा आउँछ र सिङ्गो जिल्ला कांग्रेसले  जित्छ । क्षेत्र नम्वर २ का कांग्रेसबाट प्रतिनिधी सभा  उमेदवार चन्द्र केसीले  एमाले नेता  गोकर्ण विष्ट संग चुनावी मुकाविला गर्ने र जित्ने दावि गरे ।

वामगठबन्धनबाट क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा पुर्व सभासद सुदर्शन वराल , ‘ख’ प्रदेशबाट एमाले गुल्मीका वरिष्ठ नेता  एवं पुर्व सांसद कमलराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

सोही पदेशमा कांग्रेसबाट क्रमशः पृथ्वीबहादुर फौदार र धनेन्द्र कार्कीले उमेदवारी दिएका छन् । क्षेत्र नम्वर २ को क प्रदेशमा वाम गठबनधनबाट एमालेका खड्क केसी र  ख मा माओवादी केन्द्रका दिनेश पन्थीले उमेदवारी दिएका छन् ।

यो समाचार तयार  पार्ने बेला सम्म नेकपा माले उमेदवारी दर्ताको प्रकृयामा छ  । गठबन्धन र काग्रेस , जनमोर्चा नयाँशक्ति नेपाल , राप्रापा , राप्रपा प्रजातान्त्रिक  , देशभक्त पार्टीै, संघिय समाजवादी पार्टी , जनतान्त्रिक मोर्चा , सघिय समाजवादी, फोरम नेपाल मंगल नेशनल पार्टी, सहित क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभाका लागि ११ जनाले उमेदवारी दिएको मुखय निर्वाचन अधिकृतरामप्रसाद न्यौपाने ।

उनका अनसार ति मध्ये ४ जना स्वतन्त्र रहेका छन् । त्यस क्षेत्रको १ नम्वर प्रदेशमा १० जनाले उमेदवारी दिएका छन् । ५ स्वतन्त्र छन् । प्रदेश २ मा २ स्वतन्त्र सहित ७ जनाले उमेदवारी दिएका छन् ।  क्षेत्र नम्वर २ मा प्रतिनिधी सभाका लागि  ९ जनाले उमेदवारी दिएका छन् । २ स्वतन्त्र सहित त्यहाँका दुई वटै प्रदेशमा ८/८ जनाले उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली