2026-09-02 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्र भण्डारीलाई बेलायतको प्रधानमन्त्री बन्न प्रदिप ज्ञवालीको शुभकामना

प्रेम सुनार/कात्तिक १८, गुल्मी । शुक्रबार  गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा  गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीलाई एउटा कुरा भने बोली फासो भएको छ । 

यति धेरै विकास गरेपछि म त वेलायतको प्रधानमन्त्री पो हुनु पर्ने मान्छे हुँ’–भन्न भ्याएका भण्डारीको सोही भनाई सामाजिक सञ्जालमा विपक्षीहरुले भाईरल बनाए पछि उनलाई भनि फासो भएको हो ।

आज दुवै उमेदवार ज्ञवाली र भण्डारीलाई टेलिफोन सम्पर्कमा ल्याई  कुराकानी गर्दा  नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ , चन्द्र भण्डारीजि वेलायतको प्रधानमन्त्री बन्ने दावा राख्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु  म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’

भण्डारीले  सालझण्डी पटौती फास्ट्रयाक  योजना आफुले ल्याएको भन्ने कुरालाई समेत ज्ञवालीले सस्तो प्रचार भनेका छन् । उनले भने–‘ म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’

  यस सम्वन्धमा तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल संग  सम्पर्क राख्दा  उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । 

चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावा गर्दै आएका छन् । एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली