2026-07-26 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव पैसाले होईन जनताको विश्वासले जित्छु: छन्द पहराई

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान सुरु भएको छ। 

उक्त चुनाव प्रचार प्रसार अभियान मालिका गाउँपालिका वडा नं. १ नेटाबाट सुरु भएको छ। चुनाव प्रचार प्रसार उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका  छन् । 

उम्मेदवार पहराई लामो समय देखि गुल्मीमै क्रियाशिल रहेर स्थानीय रुपमा विकास निर्माणका कार्यलाई अगाडी बढाएका हुनाले बामगठबन्धनलाई हजारौं मतले पछाडी पार्दै चुनाब जित्ने दावि गर्दछन् ।  उक्त अभियान कार्यक्रममा पहराईको उम्मेदवारी देखेर गरिब सामान्य परिवारका युवाहरु पनि समाज सेवामा लाग्ने र समाजलाई परिवर्तन गर्न उत्साहित भएका छन। 

उक्त अभियानको क्रममा पहराईले भने –‘जनताले काम गर्नेलाई चुन्नु अत्यावश्यक रहेको  केही समस्याहरु भएमा आफुलाई बताउन आग्रह गरेका थिए । अभियानको क्रममा उम्मेदवार पहराईले भने जनताहरु गफ गर्ने र झुठा आश्वसन्न देखाउनेको पछाडी होईन काम गर्नेको पछाडी लाग्न आग्रह गरेका छन। उम्मेदवार पहराईले थपे म यो भन्दा पहिले नै  जनताको साथमा रहेर काम गर्ने गर्थे भन्दै वामपन्थीहरुलाई भारी मतले पछाडी पारेर जित्ने दावि गरेका छन् ।

उनले दल विचार नभनि आफुले जिल्लामा गरेको समाज सेवाको सम्मानस्वरुप गरिव , दलित किशान मजदुर र युवा पिढिले आफुलाई जिताउने दावि गर्दै आएका छन् । उनि ईमान्दार , निष्ठावान र जनता प्रति उत्तरदायि नेता मध्येका एक मानिन्छन् । 

समाजिक सञ्जालमा उमेदवार पहराईले लेखेका छन मैले चुनाव पैसा र झुटो आश्वासनले होईन जनताको  माया – मम, विस्वास र इमानदारीताले जित्दै छु । उनले थपेका छन्  इतिहासले कोल्टे फेर्नेछ यसपाली नेपाली जनताले लोकतान्त्रिक शक्तिलाई विजय बनाउनुहुनेछ । चुनाबी अभियानमा जनताले मलाई दिएको माया प्रती उच्च सम्मान गर्दै विस्वासमा परिणत गर्ने प्रण गर्दछु। 

चुनाव प्रचार प्रसार अभियान कार्यक्रममा साविकका प्रत्येक गाविस बाट सम्मान जनक उस्थित रहेको थियो । उक्त अभियानका क्रममा उम्मेदवार पहराई नेटाको सम्पूर्ण घरमा पुगेका थिए। उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईलाई सम्पूर्ण गरिब, दलित, जनजाति, किसान, मजदुर र यूवकको मनमा बसेको महसुस गरेका थिए।

 चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ति र ज्ञानबहादुर कार्की लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो। चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। 

उनले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका छन। उनले जनतको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ