2026-09-02 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा कांग्रेसले सुरु गर्यो चन्द्र केसी जिताउ अभियान

प्रेम सुनार/कात्तिक २३, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसको नेता तथा प्रतिनिधि सभाका उम्मेदवार चन्द्र के.सी. लाई विजयी गराउनका लागी यहाँका काग्रेसजनले चन्द्र के.सी. जिताउ अभियान सुरु भएको छ। उक्त अभियान उम्मेदवार के.सी.ले आफ्नै स्थान रेसुङ्गा नगरपालीका वडा नं. ३ बाट सुरु गरेका हुन्।

उक्त अभियान कार्यक्रममा नेकपा एमाले परित्याग गरी तिलक बहादुर के.सी. लगायत १० जनाको समुह नेपाली काँग्रेसमा प्रवेश गरेका छन। अभियान कार्यक्रममा स्थानीय कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसारलाई अति तीव्र रुपमा अगाडी बढाउने उम्मेदवार के.सी.ले बताएका छन।

पुर्व जिविस सभापति तथा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति केसी यसपालि साविकको क्षेत्र नम्वर ३ का जनताले नयाँ नेता खोजेको दावि गर्दै भने– ‘दुई तिन कार्यकाल गोकर्ण विष्ट जि जित्नु भयो अव उहाँले मलाई पालो दिनु हुन्छ र दिनु पनि पर्छ ।’

उक्त प्रतिनिधि सभा उम्मेदवार चन्द्र के.सी. प्रदेश सभा नं. १ का उम्मेदवार शालीक पन्थी, पार्टी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, सचिव विष्ष्णु सापकोटा, पुर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का, क्षेत्रीय सचिव पुर्ण बहादुर के.सी. नेबिसंघ नेता रोशन सिंह ठकुरी तथा बिक्रम पन्थी सहितको टोली प्रचार अभियानमा लागेको छ।

उनिहरुले देबिस्थान, पेगा, ठुलापोखरा, तोलादी, आरुपाटा, झेंदी, लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। े उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

कार्यक्रमको अवसरमा बोल्दै उम्मेदवारहरु के.सी. र पन्थीले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बतएका छन। उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएकाछन। उनिहरुले जनतको मतद्वाराआफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली