2026-07-03 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी दुई कमरेडहरु सात दिनदेखि भूमिगतजस्तै ! मकै चपाउँदै भोट माग्दै

प्रेम सुनार | कात्तिक २३, गुल्मी । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी  प्रचारमा हिडे देखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदिपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको  साधरण जिवनशैली देखेर  छक्क परेका छन् उनिहरु संगै चुनावी प्रचारमा हिडेका कार्यकर्ताहरु ।

वलेटक्सार , वम्घा हुँदै हर्मिचौर अर्वेनी, पुर्तिघाट , खड्गकोट , पारी फोक्सीङ्ग , ग्वाघा हुँदै आज हरेवा पुग्दा ठ्याक्कै सात दिन भयो । संगै हिडेका कार्यकर्ता नवराज भुसाल भन्छन– नेता कमरेडहरु यो सात दिनको अवधीमा कुनै होटलमा माछा मासु सहितको खाना खानु भएको छैन ।’कमरेडहरु यो सात दिनको अवधीमा कुनै होटलमा माछा मासु सहितको खाना खानु भएको छैन ।’

उनका अनुसार कार्यकर्तालाई चाँप नपरोस भनेर उनिहरुले खानाको अर्डर पहिल्लै गर्दैनन् । जहाँ जुन घरमा जे पाकेको छ त्यही खाँदै गरेका छन् । कहिले काँही त मकै भट्टको भरमा दिन ठेलेका छन् । संगै रहेका  पत्रकार हुमाकान्त पोखरेल उनिहरुको सादा जिवनबाट निकै प्रभावित भएको बताउँ छन् । झोलामा दुई चार जोर सुईटर र  ज्याकेट लिएर हिडेका उनिहरुलाई साविकको क्षेत्र नम्वर १ का गाउँहरु लेक टापु भएकोले जाडोले भने अलि सताएको उनि बताउँ छन् ।


हिड्दै गर्दा कुनै गोठमा कुँडो तताउन बालेको आगो ताप्ने गरेका छन् भने साँझमा घरको चुलोको आगो तापेर हात , खुट्टा र टाउको सेकाउने गरेका छन् । त्यस क्षेत्रमा रैथाने खाना आटो सिस्नो ढिडो , कोदाको रोटी र मकै भट्ट अहिलेको पनि नियमित परिकार हो ।

नेताद्धयको नियमित खाना पनि त्यही रहेको बताईन्छ । ‘हरेवा सके पछि अव शान्तिपुर जाँदै छौं’–पत्रकार पोखरेलले भने–‘ त्यहाँ ठुलो बजार भएकोले होटलमा खाने हुन कि अहिले सम्म त जनताकै घरमा आटो पिठो नै खाई रहेका छन् ।’

प्रदिपकुमार ज्ञवाली लामो समय सम्म त्यसै क्षेत्रको भुमिगत राजनीति गरेर कम्युनिष्टमय जिल्ला बनाएर पुरानो पिढी संग  निकै झ्याम्मीएर बसेका नेता हुन् । सुदर्शन वराल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनैतिक जिवन सुरु गरेर पछि माओवादीले सुरु गरेको जनयुद्ध भरी नै भुमिगत जिवन विताएर फौजी मोर्चा सम्हालेका,  जेल नेल याताना र भिडन्त संग जुधेका नेता हुन् ।

हिमाल पहाड, तराई , घाम पानी भोक तिर्खा नभनी भुमिगत राजनीति गरेको लामो अनुभव र संघर्षले पनि उनिहहरुलाई सादा जिवन वानी वसेको हुन सक्छ ।

शान्तिपुरमा कम्युनिष्ट जन्माउने स्वर्गिय जिवराज आश्रितका राजनैति गुरु नेता ज्ञवाली आज हरेवामा आश्रीतको शालिकमा माल्याणपर्ण गर्दा निकै भावुक मुद्रामा देखिएको पोखरेलले बताए ।

नेता ज्ञवाली र अर्का नेता वरालले माल्याणपर्ण गरी सके पछि भुमिगतकालको सम्झना र स्वर्गिय जिवराज आश्रीतको राजनैतिक योगदानको स्मण्रणले भावुक पारेको बताए । जिवराज आश्रित जन्मीएको साविकको हरेवा गाविसमा त्यहाँका कम्युनिष्टहरुले आश्रितको शाख कायमै राख्दै आएका छन् ।

गत स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा ३२२ मत ल्याएर विजयी भएका थिए । नेकपा एमाले २८१  म्त ल्याएर दोश्रो भएको थियो भने नेपाली कांग्रेसले १८१ मत ल्याएर तेश्रो भएको थियो ।

अहिले त्यही मतलाई मात्र आधार मान्ने हो भने पनि त्यहाँ वामगठबन्धनको ७५ प्रतिशत मत छ भन्छन हरेवाका वडाध्यक्ष गोकर्ण शर्मा । उनले भने–‘ यहाँ धेरै चुनावी सभा गरी रहनु पर्दैन, कार्यकर्ता यता उता गर्लान भनेर चिन्ता पनि गर्नु पर्दैन् सतिसाल जस्तै उभिएका छन् । 

वडाध्यक्ष शर्मा भन्छन्–‘प्रदिप कमरेड र कुमार ( सुदर्शसन वराल ) कमरेडको भुमिगत जिवन संग म परिचीत छु आज उहाँहरुको त्यही भुमिगत जिवनको झल्को आयो । ’ उनले त्यहाँको एमाले माओवादी , जनमोर्चा सवै कम्युनिष्ट कार्यकर्ताले स्वागत गरेको बताए । वाम एकता देशको आबश्यकता र जनताको अपरिहार्यता भएको उनको ठम्याँई छ ।

उनिहरु संगै रहेका माओवादी केन्द्रका जिल्ला सह–संयोजक युवराज केसीले उमेदवारद्धयले यति वेला धान कोदो मकै स्याहार्न जनतालाई भ्याई नभ्याई भएकोले चुनावी सभालाई भन्दा घर दैलो र खेतवारीमा समेत पुगेर जनता संग भोट माग्दै हिडेका छन् ।

माथिको तस्वीरमा:  जनताको घर दलानमा मकै भट्ट र फिका चिया खाँदै उमेदवारद्धयः ज्ञवाली र वराल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक