प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार "/>

2026-09-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विकासमा काम हुनुपर्छ भाषण होईनः छन्द पहराई

प्रेम सुनार | कात्तिक २४, गुल्मी | गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली कांग्रेस नेता तथा उम्मेदवार छन्द बहादुर पहराईलाई विजयी गराउनका लागी चुनावी प्रचार प्रसार अभियान  कात्तिक २२ गते देखी सुरु भएको छ। उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट कार्यक्रम मालिका गाउँपालिका वडा नं. २ को दर्लिङ्ग हुदैं पाटाखर्क, दुनाम र सिरुखर्कमा सम्पन्न भएको छ।

उक्त अभियान कार्यक्रममा उम्मेदवार पहराईले स्थानीय कार्यकर्ता भेटघाट तथा स्थानीय बासिन्दाहरुलाई भेट्न घरदैलो कार्यक्रम राखेका थिए। उक्त अभियानका क्रममा उम्मेदवार पहराई दर्लिङ्गका सम्पूर्ण घरमा पुगेका थिए। चुनाव प्रचार प्रसार अभियान तथा कार्यकर्ता भेटघाटको क्रममा महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ति, ज्ञानबहादुर कार्की र नेविसंघ नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ सभापति अर्जुन पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो। विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उम्मेदवार पहराईले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेको बताएका छन।

चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार पहराईले समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उम्मेदवार पहराईले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गरेका थिए। उम्मेदवार पहराईले  जनताको चाहना र इच्छा विपरीत कुनै पनि काम गर्न नसक्ने बताएका छन।  उम्मेदवार पहराईले भने –‘ चुनाव हार्नु र जित्नु ठुलो कुरा हाइन हामिले हाम्रो राजनिती जिति सक्यौ नैतिकता इमानदारीता र जनताको सामिप्यतामा रहि काम गर्ने छौ  । ’

घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवार पहराईसँग माग राखेका थिए। भने उम्मेदवार पहराईले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उम्मेदवार पहराईले गरिब, दलित, जनजाती, किसान, मजदुर र युवक सम्पूर्णलाई समान अबसर दिने, स्वास्थ्य, शिक्षा विकास निर्माणका कार्यलाई नियमितता दिनको लागी गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा नं. २ मा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी दिएको, पटक पटक यस क्षेत्रका जनताहरु नझुक्किने र यसपटक नेपाली काँग्रसका उम्मेदवारहरुलाई विजयी बनाई समृद्ध गुल्मी निर्माणको अभियानमा लाग्ने बताएका छन। उम्मेदवार पहराईले जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली