2026-09-02 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै संगठन जोगाउन नसक्ने कांग्रेसले देश जोगाउँला ? : ज्ञावाली

प्रेम सुनार | कात्तिक २४, गुल्मी । नेकपा एमालेका सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का वामगठबन्धनका उमेदवार प्रदिपकुमार ज्ञवालीले आफ्नै संगठन समेत जोगाउन नसकेको नेपाली कांग्रेसले अब देश जोगाउन सक्ला ? भनेर प्रति प्रश्न गरेका छन् ।

चन्द्रकोट गाउँपालिकाको हरेवामा अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै नेता ज्ञवालीले  कांग्रेस प्रति यस्तो प्रश्न चिन्ह खडा गरेका हुन् । उनले भने–‘२०१५ साल देखि देशैभर वहुमतमा रहेको कांग्रेसले २०४६ पछि राजा संग मिलेर सत्ताको वागडोर सम्हाले पनि जनताको समस्या हल गर्न नसके  पछि  कांग्रेसलाई जनताले आशा भरोसा गर्न छाडेर  उसको संगठन  अहिले   दयानिय अवस्थामा पुगेको हो ।’

‘सर्वहारा  वर्गको प्रतिनिधीत्व गर्ने कम्युनिष्टहरुलाई रोक्ने र उसको आन्दोलनलाई भ्रमित पार्न   ६० वर्ष पुगे पछि कम्युनिष्टले गोली ठोकेर  मार्छन भन्ने यहि कांग्रेस होईन ?’–उनले यस्तो  प्रति प्रश्न गर्दै भने–‘कम्युनिष्टहरुले मार्ने होईन बृद्ध बृद्धाहरुको सम्मान गर्दै आएका  छन् ।’

उनले थपे –‘२०४६ साल पछि  बृद्धहरुलाई हामी कम्युनिष्टहरु संग डराउन हालेको कांग्रेस संग बृद्धहरु अहिले डराउँ छन् , भाग्छन् हामीलाई आर्शिवाद दिदै आएका छन् ।’  झुटो प्रचारवाजी गरेर जनतालाई भ्रमित नपार्न चेतावानी दिदै नेता ज्ञवालीले बरु विग्रिदै र दयानिय बन्दै गएको भन्दै आफ्नो संगठन बनाउन सुझाव दिए । 

वामगठबन्धनको दुई तिहाई वहुमत सहितको सरकार बने पछि बृद्ध भत्तालाई ५ हजार पुराउने , एकल महिला अपाङ्ग र सुत्केरी भत्ता समेत ५ हजार उपलव्ध गराउने र किशानलाई  पनि पेन्सन दिने सोही क्षेत्र प्रदेश १ का उमेदवार सुदर्शन बरालले बताए ।

उनले २०६४ सालको निर्वाचन पछि बनेको माओवादी सरकारले कृषि विकास बैंकको ऋण तिर्न नसकेर घर खेत हुने अवस्थामा रहेका किशानहरुलाई ऋण मुक्त गराई दिएको माओवादीको गुन नविर्सन समेत आग्रह गरे  ।

उनले थपे–‘हिजो हामीले  गाउँ गाउँमा अवैधानिक जनसरकारको अभ्यास गरेका थियौं  जुन अहिल बैधानिकता पायो र स्थानिय तह निमार्ण भयो  , यो पनि नर्विसन उनले आग्रह गरे ।  यो देश बनाउने जनताको अपेक्षा पुरा गर्ने कुनै भिजन छ भने वाम पन्थीहरु संग मात्रै  छ भन्ने दावा गर्दै उनले कम्युनिष्टहरुको देश चिनमा अमेरिकालाई समेत टक्कर दिने गरी भएको विकासको उदाहरण दिए ।

कांग्रेसी मुखमा लोकतन्त्र झुण्डिनु भनेको गरिव जनताका लागि मुखमा रामराम बगलीमा चुरा भए जस्तै भएको उनिहरुको कथन थियो ।  हरेवाको कार्यक्रम सकाए लगत्तै नेताहरु शान्तिपुरमा चन्द्रकोट संयुक्त चुनावी प्रचार प्रसार कमिटको भेलामा जुटेका छन् । उमेदवार संगै माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज केसी लगायतका नेताहरु रहेको सहकर्मी हुमकान्त पोखरेलले जानकारी दिए ।

 

माथिको तश्विरमा: साविकको क्षेत्र नम्वर १ मा भुमिगत  राजनिती गर्दा आठो  पिठो पकाएर खाना दिएकी  एउटी बृद्ध आमाको आशिर्वाद ग्रहण गर्दै प्रदिप ज्ञवाली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली