2026-07-26 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यस्तो छ गुल्मी कांग्रेस पार्टी कार्यालयबाट सम्प्रेषित चुनावी गतिविधी

प्रेम सुनार/रमेश बिश्वकर्मा/कात्तिक २४, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका पूर्व जि.वि.स. सभापति तथा पूर्व पार्टी सभापति चन्द्र के.सी. र गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश नं. १ प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका समाजसेवि तथा विकास प्रेमी नेता शालिकराम पन्थी यतिवेला चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा व्यस्त रहेका छन । 

उक्त चुनाव प्रचार प्रसार अभियान तथा स्थानीय कार्यकर्ता भेटघाट अभियान आज मुसिकोट नगरपालिकाको भुवाचिदीं हुँदै कुर्घाको मालिका, कुर्घाको स्वांरा, राले र इेन्द्रेगौंड र गुन्धारामा सम्पन्न भएको छ।

चुनाव प्रचार प्रसार तथा घर दैलो अभियानमा जिल्लास्थित नेता र विभिन्न भातृसंघका नेता कार्यकर्ता पनि चुनावी दौडाईमा रहेका छन। चुनावी प्रचारमा लागेका उम्मेदवार चन्द्र, शालीक र नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई अबिर माला लगाएर स्वागत गरेका छन। 

चुनाव प्रचार प्रसार अभियानको विकासमा काम हुनुपर्छ भाषण होईन भन्ने बिशेष मान्यता सहित उनिहरुले चुनाव प्रचार प्रसार तथा घरदैलो गरेको बताएका छन। 

उक्त अभियानको क्रममा उम्मेदवारहररुले बढिघाट खोलाले बर्षायाममा निकै क्षतिको बारेमा जनताले राखेको समस्या र गुनासो यथास्कय सम्बोधन गरिने बताएका छन। साथै जनताले मागेका मागहरु पर्यटकिय स्थान, खेलमैदान, होमस्टे लगायतका मागहरुको सम्बन्धमा यथास्किय सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन। 

चुनाव प्रचार प्रसार अभियानको क्रममा उम्मेदवार चन्द्र र शालिक भन्छन समृद्ध गुल्मी निर्माणको लागी आफ्नो उम्मेदवारी भएको बताएका छन। उनिहरुले यसपाली नेपाली जनताले लोकतान्त्रीक शक्तीलाई विजय बनाउनुहुने छ भन्ने आशा व्यक्त गर्दै बाम गठबन्धन स्वार्थ केन्द्रीत र अपवित्र भएको धारणा व्यक्त गरेका छन।

चुनाव प्रचार प्रसार अभियानका क्रममा घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवारहरुसँग माग राखेका थिए। भने उम्मेदवारहरुले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उक्त कार्यक्रममा पूर्वसांसद रुद्रमणि भण्डारी, जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव बिष्णु कुमारी सापकोटा, महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का,जिल्ला सदस्य धिरेन्द्र के.सी. ससमाजसेवि श्याम जि.सी. पूर्ण के.सी. विद्यार्थी नेता विक्रम पन्थीको उपस्थित रहेको थियो। 

कार्यक्रममा वोल्दै उनिहरुले जिल्लालाई विकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका थिए।

उनिहरुले जनताको मतद्वाराआफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफुहरु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका थिए।

अन्त्यमा तपाईलाई मत केका लागी दिने भन्ने प्रश्नमा उम्मेदवार के.सी.ले यसो भने- पटक पटक यहाँ जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरु संसदभित्र जनसरोकार र नीति निर्माणका लागी एक पटक पनि नबोलेको कारणले यस पटक बोल्ने उम्मेदवारलाई जनताले विश्वास गर्ने भनाई व्यक्त गरे । प्रेस विज्ञप्तीका रुपमा सम्पादन नगरी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ