2026-09-02 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाल्डोमा रहेका प्रदिप ज्ञवाली र सुदर्शन बराल चढे उकालो

प्रेम सुनार/कात्तिक २५, गुल्मी । गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार आजदेखि शान्तिपुरको खाल्डो (भ्याली ) बाट हर्राचौर हुँदै दिव्रङ्ग तर्फको उकालो चढेका छन् । 

जन्म थालो वलेटक्सारबाट सुरु भएको नेता ज्ञवालीको  घर दैलो कार्यक्रम वम्घा, अस्लेवा, हर्मिचौर, अर्वेनी , पुर्तिघाट, खड्गकोट, फोक्सीङ्ग, ग्वाघा, हरेवा र हिजो शान्तिपुरमा आई पुगेको थियो ।  

हिजो शान्तिपुरमा वामधनको संयुक्त भेलालाई नेताद्धयले सम्वोधन  गरेका थिए । यस विचमा प्रत्येक गाउँका विशेष गरी बृद्ध बृद्धाहरुले भुमिगत राजनैतिक जिवनमा दुख सुखमा लागे एमाले नेता प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वराललई शिरमा हात राखेर आशिर्वाद दिएको र युवाहरुले चोक चोकमा उभिएर  ‘वामगठबन्धन जिन्दावाद’ को नारा लगाउने गरेको संगै रहेका पत्रकार हुमकान्त पोखरेलले बताए ।  

हर्राचौर तर्फ उकालो चढ्दै गरेका एमाले नेता प्रदिप ज्ञवाली संग टेलिफोन सम्पर्क राख्दा उनले भने–‘हर्राचौर र दिव्रुङको उकाले मात्र होईन हामी  प्रति जनताको स्नेह आशा र भरोसाको दृष्टीले  पनि  हामी धेरै माथीको शिखरमा उकाले लागि सकेका छौं  । ’ 

उनले  प्रदेशका उमेदवार सुदर्शन बरालले यस भेगका जनतालाई रिझाउन  सफल देखिएको  कुरा समेत आफुले अनुभुत गरेको वताए ।  उनि आफु भुमिगत राजनैति कालमा साविकको एक नम्वर क्षेत्रमा लामो समय रहेर काम गरेकोले यहाँका वासीन्दा आफ्नो राजनैतिक गुरु भएको समेत बताए । 

तुराङ हुँदै रुपाकोट पारी हुग्दीखोला वारीबाट सिधै शान्तिपुर जोड्ने सडक निर्माण केन्द्रबाट पारेका नेता ज्ञवालीले शान्तिरपुर र माथी चन्द्रकोटलाई  आकर्षक पर्यटकिय  स्थलका रुपमा विकास गर्ने बताए । उनले पारी रुपाकोटलाई पनि साच्चीकै रुपाकोट बनाउनु पर्नेमा जोड दिए । 

प्रदेशका उमेदवार वरालले आफुले माथी टिमुरे लेकको पर्यटन विकासका लागि पहिल्लै देखि काम थालनी गरेको र आगमी दिनमा  थप आकर्षक बनाउने  उद्घोष गरेका छन् । उनले आफुले प्रदेश सभा सदस्य जिते लगत्तै एउटा विशेष स्थानिय तह बनाएर मजुवालाई प्रशासनिक निकाय बनाउन पहल गर्ने समेत बताए । सुदर्शन वराल साविकको क्षेत्र नम्वर १ का वासीन्दा हुन् । 

नेता ज्ञवाली क्षेत्र नम्वर १ का फटिक थापा, उनै सुदर्शन वराल, चेतन बस्नेत, जिवन खरेल जस्ता हजारौं कम्युनिष्ट कार्यकर्ता जन्माउने नेता हुन् । हाल माओवादी नेता वराल एमालेको विद्यार्थी संगठनबाट यहाँ सम्म आई पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली