2026-07-26 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदिप ज्ञवालीद्धारा चन्द्र भण्डारीसंग ४८ करोडको सवाल

प्रेम सुनार/कत्तिक २६, गुल्मी । नेकपा एमालेका सविव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनीधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले चन्द्र भण्डारीले रुद्रवेणी वामीटक्सार सडक स्तरबृद्धिका लागि ४८ करोड रकम मैले नै पारेको हुँ भन्ने सवाल उठाउँदै उनि विरुद्ध हमला बोलेका छन् । 

स्थानिय रेडियोहरु संग कुराकानी गर्दै नेता ज्ञवालीले कतै चन्द्र भण्डारीको स्मरण शक्ति कमजोर त भएन ? भन्ने प्रश्न गर्दै भनेका छन् –‘त्यो ४८ करोड रकम मैले नै तपाईको लेटर प्याडमा लेखेर दिएको हो कि होईन ?’

नेता  ज्ञवालीले  त्यसको खुलासा गर्दै भने–‘त्यति वेला गुल्मीमाबाट  सर्वदलिय राजनैतिक संयन्यत्र केन्द्रमा डेलिगेशन गएको थियो । जुन वेला नेकपा एमालेको सरकार थियो, विष्णु पौड्याल अर्थमन्त्री हुनुहुन्थ्यो, मलाई पार्टीबाट सिफारिस गर्न लगाईयो, मैले चन्द्र भण्डारीको लेटर प्याडमा ४८ करोड सिफारिस लेखेर पठाएर त्यो रकम परेको हो । 

तर चन्द्र भण्डारीले पारेको हुँ भन्दै झुटो प्रचार गरेर हिड्नु उहाँ जस्तो मान्छेबाट यस्तो गलत अपेक्षाराख्न सन्दिँन, कतै उहाँको अलि स्मरण शक्ति कमजोर त भएन ?

उता तत्कालिन अर्थमन्त्री विष्णु पौड्याल संग सम्पर्क राख्दा उनले पनि उक्त रकम पार्टी सचिव प्रदिपकुमार ज्ञवालीकै सिफारिसमा स्वीकृत भएको बताए । एमाले नेता पौड्यालले आफ्नो अर्थमन्त्री कार्यकालमा अर्घाखाँचीको पटौती देखि गुल्मीका चारै दिशा सडक सञ्चालल जोड्ने गरी करोडौं रकम परेको समेत खुलासा गरे । चन्द्र भण्डारी संग पनि संगै रेडियो कुराकानी भएको थियो । 

उनले कालिगण्डकी कोरिडोर योजना पनि आफैले ल्याएको दावि गरे । यस सम्वन्धमा क्षेत्र नम्वर १ का तत्कालिन सभासद सुदर्शन वरालले पनि चन्द्र भणडरी संग हमला बोलेका छन् । 

चन्द्र भण्डारी जी त २०६७० मा सभासद हुनु भएको थियो साविकको क्षेत्र नम्वर २ बाट वरालले भने म २०६४ सालमा सभासद भए पछि एमाले नेता प्रदिप ज्ञवाली, गोकर्ण विष्ट लगायत गुल्मीका अगुवाहरु विचको सामुहिक योजनामा कालिगण्डकी कोरिडोरको अवधारणा बनाएका हौं ।

उनले थपे–‘मैले नै तत्कालिन योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, मुख्य सचिव लिलामणी पौड्याल, नेपाली सेनाका विकास निर्माण हेर्ने विभागका जर्नेल सहितलाई अवोलोकन गराएर सर्वे गर्ने काम गरेको हुँ र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको कुरा नेपाल सरकारको रातो कितावमा हेरे पनि छर्लङ्ग हुन्छ । ’उनले चन्द्र भण्डारी संग यस्तो  प्रश्न गरे–‘ अव  तपाईले मेरो पहलमा ल्याईएको अस्लेवा देखि ठुलो लुम्पेक हुँदै मुक्तिनाथ जोड्ने सडक योजना पनि मैले नै ल्याएको हुँ भन्नु हुन्छ कि ?

कालिगण्डकी कोरिडोरका विषयमा एमाले नेता ज्ञवाली छप्छन्–‘ चन्द्र भण्डारी २०७० सालमा सभासद विजयी भई रहँदा कालिगण्डकी कोरिडोरमा काम सुरु भई सकेको थियो, त्यो योजना उहाँले मैले पारेको हुँ भन्नु  एक वर्ष अघि जन्मेको वच्चाले मैले त्यसको एक वर्ष अघि नै एसएलसी पास गरेंको थिएँ भन्नु सरहकै हाँस्यास्पद कुरा हो ।’

नेता ज्ञवालीले भनेका छन् स्वास्थ्व प्रतिस्पर्धा गरौं, गुल्मेली जनता धेरै सचेत छन झुट कुरालाई जति सच्चाई दिन खोजे पनि पत्याउँदैनन् । यहाँको विकास निर्माणमा कसले के कति ग¥यो भन्ने कुरा बुझेका छन् फलाक्दै हिड्न परेको छैन र हामी वाझावाझ गर्न पनि परेको छैन् । यता चन्द्र भण्डारीले भने गएको २० वर्षमा अरु कुनै पनि नेताले गर्न नसकेको विकास निर्माण आफुले छोटो कार्यकालमा गरेर देखाएको दावि गर्दै आएका छन् ।

यता तम्घास देखि केकुलेको भिर छिचोल्दै  अर्खले नयाँगाउँ हुँदै प्युठान जोडने सडकमा ५० करोड भन्दा बढि रकम माओवादी र एमालेको नेतृत्वको सरकारमा पारिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धि जिसीले बताए ।

त्यस्तै जनता आवास कार्यक्रम अन्तरगत यहाँका वोटे माफी समुदाय लगायतकाा विपन्न परिवारलाई बन्न लागेका घरहरुको योजना सुदर्शन वरालको पाला देखि सुरु भएको र त्यो नेपाल सरकारले वहुवर्षिय योजनाका रुपमा प्रत्येक वर्ष घर निर्माणको संख्या बढाउँदै गएको उनै प्रदेश नम्वर १ का उमेदवार वरालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ