2026-07-03 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेता प्रदिप ज्ञवाली यसरी बनेका थिए केहिवेरको छोरी ज्वाँई

2017-11-18

प्रेम सुनार/मङ्सिर २, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिप कुमार ज्ञवालीले साविकको समेत क्षेत्र नम्वर १ मा आफुले आजभन्दा ३० वर्ष अघि विताएको भुमिगत राजनीतिक जिवन संर्घषवारे आफ्नो अनुभव र अनुभुतिहरु सार्वाजानिक गरेका छन । 

साविकको १ नम्वर क्षेत्रमा दुई हप्ता सम्म घर दलै कार्यक्रमका क्रमा उति वेलादेखि परिचीत बुढा पाकाहरुको धेरै नै माया र आशिर्वाद लिई रहेका उमेदवार ज्ञवालीले  भुमिगत राजनैतिक जिवन ताकाको आरोह अवरोह स्मण गर्दै क्षेत्र नम्वर १ का वासीन्दालाई आफ्नो राजनैतिक गुरु भनेका छन् । 

घर दैलोका क्रममा क्षेत्र नम्वर १ का धेरै बृद्ध बृद्धाहरुको त धेरै नै मायाँ पाएको देखियो नि ? भन्ने प्रश्नको जवाफ दिने क्रममा केहि वेर भावुक भएका उमेदवार ज्ञवालीले गलअवरुद्ध पार्दै केहि वेर क्याम्रा अफ गर्न आग्रह गरेका थिए । केहि वेर पछि उनले भने–‘ त्यती वेलाको स्मरणले मेरो मुटु भक्कानिन्छ । 

ज्वाँई बनेको स्मरण यसरी गर्छन ज्ञवाली 

मलाई सत्र वर्षको उमेर देखि सेल्टर दिने त्यहीका युवा र वुवा आमा हुनुहुन्छ । २०४२ साल देखि म त्यस  क्षेत्रबाट भुमिगत राजनीति सुरु गरेकको हुँ । पञ्चायती शासककहरुका पुलिसबाट बच्न कैयौं रात जंगलमा पनि  विताईयो । एक दिनको कुरा हो मलाई समात्न भनेर पलिस एक परिवारको घरमा आए । 

त्यो घरकी आमाले उहाँ त मेरो छोरी ज्वाँई हो, बाग्लुङ्ग घरबाट आउँदै हुनुहुन्छ भनेर मलाई बचाउनु भएको थियो । जुन वेला मैले विहे गरेको थिईन् । मलाई ज्वाँई सम्वोधनले निकै अफ्ठ्यारो महुशस भएको थियो ।  त्यस्ता धेरै आमाहरु र वुवाहरुलाई त अहिले मैले भेटे तर वसाई सराईको समस्याका कारण उहाँलाई  भने भेट्न सकिन  । रुपन्देहीमा हुनुहुन्छ रे भेट्न जाँदै छु । 


वास्तवमा साविकको २ नम्वर क्षेत्र त मेरो जन्मथलो मात्रै हो, मेरो कर्मथाले भने कै साविकको १ नम्वर क्षेत्र हो । मैले पहिला पनि १ नम्वर क्षेत्र बाटै चुनाव लड्ने ईच्छा जाहेर गरेको थिएँ, पार्टीले नदिएर हो । यसपाली सोही क्षेत्र समेतको १ नम्वर क्षेत्र बन्नु र मैले उमेदवारी दिन पाउनु मेरो जिवन कै ठुलो शौभाग्य ठानेको छु र त्यहाँका जनताले म प्रति देखाएको उत्साहले मैले थप हौसला पाएको छु  । 

हर्मिचौर, अर्वेनी, जयखानी, फोक्सीङ्ग, पुर्तिघाट, खड्गकोट, ग्वाघा, हरेवा, शान्तिपुर, हरौचौर, दिव्रुङ्ग, रुपाकोट लगायतका साविकका गाविसहरुमा घरदलो गरियो । त्यस क्रममा ३० वर्ष अघिको अनुभुति भयो । 

त्यहाँका वुवा आमा र युवाहरुको माया र म प्रति को भरोसा पहिले जस्तैको पाएँ ।  अरु दल विचारमा आश्था राख्ने  आमा वुवाहरुले वावु हामीले दल भन्दा पनि तपाईलाई  खोजेका छौं  यसपाली भनेको सुने । 

 त्यहाँका वासीन्दालाई केन्द्रमा कुरा पुराउने र समधान खोज्ने नेताको आवश्यकता भएको बुझें, मैले । कालिगण्डकी कोरिडोर नेकपा एमाले र माओवादी केन्द्रको पहलमा यहाँ सम्म ल्याईएको हो ।  त्यसलाई  छिट्टै सम्पन्न गरे पछि त्यस भेगका वासीन्दाको मुहार फेरिने छ  । क्षेत्र नम्वर १ लाई थप विकासका एजेण्डा र आय आर्जनमुलक कार्यक्रममा जोड दिएर जिवन स्तर उकास्ने हामी वामगठबन्धनको चुनावी घोषणा पत्र छ । जुन पुरा गरेरै छाड्ने छौं । 

 जल, जंगल र जडीवुटी त्यहाँको मुख्य श्रोत 

विकासको दृष्टिले अहिले पनि साविकको १ नम्वर क्षेत्र कर्णाली संग तुलाना गर्नु पर्ने अवस्था रहे पनि प्रचुर श्रोतमा भने क्षेत्र नम्वर १ लाई अरु क्षेत्रले फेला नपार्ने उनको ठम्याई छ । प्रशस्त जल जंगल र जडिबुटी त्यही छ । 

पर्यटन विकासका दृष्टिले पनि सत्यवती, टिमुरे ताल, ऐतिहाँसिक चन्द्रकोट  दरवार क्षेत्र, अर्को ऐतिहाँसक थलो भार्से, ठुलो लुम्पेक लगायतका स्थान मनोरम रहेकोले त्यहाँ होमस्टे, प्याराग्लाईडिङ्ग र भ्युटावर जस्ता पुर्वधारको विकास गरी पर्यटन भित्राउन सकिने उनको योजना छ ।

उनले गत केहि वर्ष यता भार्सेली युवाहरु देश विदेशम छरिएर पनि गुल्मी भार्सेली विश्व सञ्जाल गठन गरेर त्यहाँ प्यराग्लाईडिङ्ग र साईकलिङ यात्रा र त्यहाँको मौलिक सांस्कृतिक संरक्षणमा खेलेको भुमिकालाई सह्रान गर्दै त्यस कार्यक्रमलाई सरकारी तौरबाट सहयोगको वातवरण मिलाउने प्रतिवद्धता समेत जनाए । 

उनले आफु प्रदेश सभाका उमेदवार तथा पुर्व सांसद सुदर्शन वराल सहित आफुले सुरु गरेको कालिगण्डकी कोरिडोर सम्पन्न भएपछि त्यहाँले केहि राहत पाउने र आय आर्जनमुलक कार्यक्रमबाट त्यहाँका जनतालाई आत्मानिर्भर बनाउन आफुसंग थुप्रै भिजनहरु भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ