2026-09-02 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनले जिते दश वर्षमा बीस हजार मेगावाट बिजुली: विष्ट

मङ्सिर ४, गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आसन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन हुने र विदेशमै बिक्री गर्न सकिने बताउनुभएको छ । 

“नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भार मुक्त हुनेछ र दश वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ” – उहाँले भन्नुभयो । 

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र २ को निर्वाचन प्रचारमा रहनुभएका सचिव ज्ञवालीले आज मुसिकोट नगरपालिका–१ स्थित पौँदी अमराईमा आयोजित जनसभामा भन्नुभयो, “ ठूला आयोजना सञ्चालन भएमा मुलुकभित्रै रोजगारी वृद्धि भई युवालाई खाडीमा रगत, पसिना बगाउन जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।” 

नेपाली काँग्रेसका चन्द्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहनुभएका सचिव विष्टले आफ्नो निर्वाचन क्षेत्रमा सबै घरमा एकै रङको टिनको छाना लगाउने, हरेक घरलाई निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना सुनाउनुभयो । काँग्रेसका केसी आज धुर्काेट क्षेमा प्रचारमा व्यस्त हुनुहुन्छ । 

सभामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक वीरबहादुर कार्कीले निर्वाचनपछि पार्टी एकताका साथै वाम सरकार बन्ने भएकाले समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो । 

विष्टले आजै थामडाँडा, अरेवा, सिम्ले नेटा र इस्मामा आयोजित कोणसभालाई सम्बोधन गर्नुभयो । 

क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार एवं एमालेका सचिव प्रदीपकुमार ज्ञवाली वीरबासमा प्रचार अभियानमा हुनुहुन्छ भने ज्ञवालीका प्रतिस्पर्धी काँग्रेसका चन्द्र भण्डारी सिमिचारका कार्यक्रममा व्यस्त रहनुभयो । पौँदी अमराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली