२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘काँग्रेसको पुच्छर समाएर वामपन्थीहरु लोकतन्त्रको वैतर्नी तरेका हुन्’

२०७४, ६ मंसिर बुधबार ०३:४७

प्रेम सुनार/मङ्सिर ६, गुल्मी । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गत चुनावी सभा मंगलबार दुवीचौरमा सम्पन्न भएको छ । 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी भण्डारीले यस क्षेत्रमा थुप्रै विकासका योजनाहरु पारेको हुँदा ति योजनाहरुलाई पूर्ण सम्पन्न पार्नका लागी जसरी पनि नेपाली काँग्रेसले चुनाव जित्नुको विकल्प नरहेको दावी गर्नूभयो ।

त्यस्तै विशेष अतिथी प्रदेस सभाका उम्मेदवार धनेन्द्र कार्कीले आफ्नो प्रदेसको विकासको मुहार फेर्ने सपनलाई साकार पार्नका लागी उम्मेदवारी दिएको र चुनावी मैदानमा होमिएको समेत बताउनुभयो । 

साथै उहाले भन्नुभयो–‘मैले चुनाव जितेपछि म जनताको सेवा वाहेक अन्य कुनै पनि कार्यलाइ महत्व दिने छैन ।’ यस प्रदेशका सर्वसाधारणको मुहारमा उज्यालो छर्ने हिम्मतका साथ हुमिएको छु जनताको सेवा गर्ने मेरो सपनालाई साकार पार्नकालागी नेपाली काँग्रेस विजय हुनु जरुरी छ ।

उहाँले नेपालका वामपन्थीहरु कांग्रेसको पुच्छर समाएर लोकतन्त्रको वैतर्नी तरेको भन्दै व्याङ्ग गर्नु भयो । थप्नु भयो–‘अधिनायकबादी सक्तीहरु काँग्रेसको पुछर समाएर लोकतन्त्रको बैर्तनी तर्दै फेरि त्यहि लोकतन्त्रबाट आएको संिवधान माथि लात हानेर जनताको रगतको भेल बाट निर्मित सविंधान लाई धरापमा राख्न थालेका कारण यस्ता अधिनायकबादी सक्तिलाई परास्त पार्न नसके नेपाली जनताका लागी इतिहासमै यो समय कालो दिनका रुपामा सावित हुने समेत विचार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ