2026-09-02 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको लागि महिलाहरुको बेग्लै गठबन्धन !

प्रेम सुनार | मङ्सिर ६, गुल्मी | महिलालाई चुलो चौकसबाट वाहिर निकाल्ने   र नारी मुक्तिको आन्दालोन  छे्ड्ने यो देशका कम्युनिष्टहरु नै हुन भन्दै गुल्मी जिल्लाभर टोल स्तर सम्म वामगठबन्धन जिताउ अभियानमा  महिलाहरुले गठबन्धन बनाउन सुरु गरेको बताएका छन्।  

यसको सुरुवात आज देखि मुसिकोट नगरपालिका वडा नम्वर १ वाट गरिएको छ । यसको  पहिलो अभियान्ता बनेकी छन् मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्मा  । उनले मुसिकोट नगरपालिकाको वडा नम्वर १ पौदीअमराईका सयौ महिलालाई सम्वोधन गर्दै आज देखि वामगठबन्धन जिताऔं अभियान छेडिएको उद्घोष गरिन् ।

पौदी अमराईकी बृद्धा मनकला खरेलको अध्यक्षतामा १ सय ३० सदस्यीय महिला गठबन्धन गठन गएिको छ ।   महिला गठबन्धनलाई सम्वोधन गर्दै उपमेयर शर्मले भनिन् –‘हामी महिलाहरुलाई खाली धर्मकर्मको कुरा गर्ने , पुरुष आश्रितमहिलाहरु  हुन भन्ने सोच सिर्जना गराउने र सेवक वनाउने पुरातनवादी सोच–विचारको दमनमा परेर चुलो चौकस मै सिमित थियौं  तर जव यो देशमा कम्युनिष्टहरुले नारी मुक्तिको आन्दोलन छेड्न सुरु गरे तव देखि विस्तारै हामीले मुक्ति पाउन थालेका हौ ।’

उनले थपिन–‘दश वर्षे जन युद्ध छेडेर चुलो देखि युद्ध मैदान सम्म पुराउने कम्युनिष्ट हुन् । यो देशमा महिलालाई राष्ट्रपति देखि सभामुख सम्म बनाउने पनि कम्युनिष्टहरु हुन् ।  संघियता र समावेशीका लागि लड्ने पनि कम्युनिष्टहरु हुन् जसका कारण आज हामी राज्यको सवै अंगमा अनिवार्य भएका छौं अव महिलाले आफुहरुका मुक्तिदाता कम्युनिष्ट रोज्नु  वाहेक अरु हुन सक्दैन्  ।’

   पौदीअमराईकी अगुवा महिला गंगा श्रेष्ठले अझै पनि पुरातनवादी सोचको जरा काट्न सकिएको  भन्दै   त्यो सोच जरै देखि उखेल्नका लागि पनि वामपन्थीहरुलाई जिताउन जरुरी भएको वताईन्  । यता  क्षेत्र नम्वर १ मा पनि वामगठबन्धन जिताउ अभियानका लागि महिलाहरुले गठबन्धन गर्न लागेको वामगठबन्धनकी समानुपतिक उमेदवार तथा माओवादी केन्द्रकी नेतृ गीता थापाले जानकारी दिईन् ।  उनले  आज रुरु गाउँपालिकाबाट सुरु भएको बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली