Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

२०७४, १० मंसिर आईतवार ०४:१५

मङ्सिर १०, पोखरा । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । 

चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् । 

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् । 

यस्तै मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो । 

निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का गरी आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश