2026-07-26 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पक्कि पुलको संख्या यसरी बढ्यो

प्रेम सुनार/मंसिर १४, गुल्मी ।  नेपाली  कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले पुर्तिघाटको चुनावी सभामा वोले अनुसार उनले यस अघि भनेको भन्दा जिल्लाभर पक्की पुलको संख्या अरु थप १० वटा बढि देखिएको छ ।  

‘यस अघि मैले ४२ वटा पुल  गुल्मीमा मेरो पहलमा बनेको र बन्दै गरेको कुरालाई विपक्षीहरुले  व्याङ्ग गरे, जथाभावी लेखे’–  भण्डारीले भने –‘४२ वटा मात्रै होईन सर्वे  गरेको सहित ५२ वटा पुल रहेका छन्  तर   ७/८ कक्षा पढेका र केहि गर्न नसक्नेहरुलाई के थाह  ?’ 

केहि दिन अघि नेता भण्डारी आफुले गुल्मीमा ४२ वटा पुल पारेको भन्ने कुरालाई विपक्षीहरुले जिल्ला भर गनेर खै त त्यो संख्याका  पुल कहाँ हराए  ? भन्दै व्याङ्ग गरेर सामाजिक संञ्जालहरुमा लेखेको कुरा प्रति चड्कीदै उनले भने– ‘उ ल  हेर्नुहोस यो पुर्तिघाटको पुल समेत स्थानियको आग्रहमा मैले एक हप्ता मै पारी दिएको हुँ । ’

उनले पुर्तिघाटमा बनेको पुल, काािलगण्डकी कोरिडोर समेत कांग्रेस कै पहलमा निर्माण सुरु भएको दावि गरे । त्यति मात्र होईन , जिल्लाका सवै मोटरबाटा, खानेपानी योजना शैक्षिक विकास सहित भएका सवै विकास निर्मामाण आफु र कांग्रेसले नै गरेको बताए । 

विकास निमार्ण मात्र होईन, माओवादीलाई शान्ति प्रकृयामा ल्याउने , राजा फाल्ने, संविधान सभाको चुनाव गराउने र संविधान ल्याउने  पनि कांग्रेस नै भएको जिकिर गरे ।  

त्यस्तै उनले गाउँ गाउँमा सिंहदरवार ल्याउने, दलित, जनजाती महिलालाई अधिकार दिलाउने पनि कांग्रेस नै भएको र  कम्युनिष्टहरुले भाषण सिवाय यो देशमा केहि गर्न नसकेको भन्दै आलोचना गरे । 

भाषणको झण्डै एक घण्टा सम्म कम्युनिष्टहरुको आलोचना मै सयमय खर्चिएका नेता भण्डारीले २०६४ सालको निर्वाचन पछि  कम्युनिष्टहरुको सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गलाई वनाई दिन सुरु गरिएको घर समेत आफ्नो अवधारणमा गुल्मीमा बन्न लागेको दावि गरे । 

उनले दशै ताका सरकारले बनाउन लागेका गुल्मीका वोटे माझी र कुमाल समुदाय लगायतको घर आफ्नो उपहार भन्दै फेशवुकमा लेखेका थिए । उक्त कुरा सहित  उनले जिल्लाभर भएको विकास निर्माण जति सवै आफु र नेपाली कांग्रेसले मात्रै गरेको भन्दै हिड्न थाले पछि उनको भनाईलाई वामगठबन्धनका नेताहरुले व्यापाक रुपमा व्याङ्ग गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ