2026-07-26 12:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वोटेमाझी र दलितलाई घर, चुनावी सपना मात्रै !

प्रेम सुनार/मङ्सिर १५, गुल्मी । चुनावको मुखमा आएर गुल्मीका सिमान्तकृत वोटे माझी समुदाय र विपन्न दलित समुदायलाई घर बनाई दिने भन्ने  गुल्मीका एक नेताको उद्घोष चुनावी सपना मात्रै भएको खुलासा भएको छ । 

शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा संग सम्पर्क राख्दा यस्तो खुलासा भएको हो । त्यस कार्यालयका प्रमुख रमेश थपलियाका अनुसार गत वर्ष गुल्मीमा परेका १ सय १५ घरकै पुरा रकम नआउँदा निर्माण कार्य अलपत्र परेको छ ।

  प्रमुख थपलियाले भने–‘ गुल्मीमा   गत वर्ष उक्त घर संख्या परे पनि रकम अभावका कारण  ५० घर निर्माण गर्ने भनिएको हो  , त्यो पनि रकम अभाव भए पछि अहिले २५ घर मात्र सुरु गरिएको छ ।  माथी विभागबाट रकम  ६५ लाख रुपैंया मात्र आएकोले यस वर्ष थप घर बन्न नसक्ने भएको छ । ’

 यता  चुनावको मुखैमा आएर  गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका कांग्रेस नेता चन्द्र भण्डारीले ३ सय घर उपहार दिने भन्दै प्रचार गर्दै आएका छन् । डिभिजन कार्यालयका प्रमुख थपलिया थप्छन्, ‘गत वर्षकै घर निर्माणका लागि ५ करोड भन्दा बढी रकम आवश्यक पर्छ’ उनले भने, ‘विभागमा माग गरिएको छ, तर रकम अहिलेसम्म पनि आएको छैन ।’ 

गत वर्षकै रकम नआएकाले यस वर्ष थप घर बन्ने टुङ्गो नभएको उनले बताए । सरकारले आगामी वर्षका लागि गुल्मीमा २ सय ७० घर बनाउने कार्यक्रम पठाएपनि रकम नपरेपछि विपन्न परिवार छनोट गर्ने भन्दा अरु कार्य अगाडी बढ्न नसकेको थपलियाले बताए । 

उनले भने ‘यो जनता आवास कार्यक्रम २०६४ सालको निर्वाचन पछि बनेको प्रचण्ड सरकारले ल्याएको कार्यक्रम हो ।’ त्यसपछिका दिनमा सरकारले घरको संख्या बढाएपनि रकम भने आएको छैन् ।

ठेक्कापट्टा गर्न मिल्दैन

 गुल्मीको वलिथुम स्थित वोटेमाझी गाउँमा  बन्न लागेको घरमा त ठेकदार लगाईको छ नि ? भन्ने प्रश्नमा कार्यालय प्रमुख थपलियाले त्यसरी ठेक्का पट्टा गराउन नपाईने  जवाफ दिए । उनले भने यहाँबाट हामीले ठेक्का  पट्टा गर्न मिल्दैन र दिएका पनि छैनौं , त्यहीका कसैले दिए होलान । उनका अनुसार जनता आवास कार्यक्रम अन्र्तगत बन्ने घरहरु जनता स्वयंले बनाउनु पर्छ । जनता आर्फले प्रति घर २ लाख ३४ हजार वरावरको बनाउँ छन र ४ किस्तामा उक्त रकम पाउँछन् । 

तर नेता भण्डारीले जनता आपैmलाई निर्माण गर्नबाट रोक्दै आफ्नै कार्यकर्ता पोस्ने गरी ठेक्कापट्टाबाट गराईरहेका छन् । उनले गुल्मी दरबार गाउँपालिका १ को बलिथुमका बोटे माझीका घर निर्माणका लागि गुल्मी दरबार गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापाका भाई जिवन थापालाई जिम्मा दिएका छन् ।

 उनले सामाग्री खरिद देखि घर निर्माणसम्मको सबै जिम्मा पाएका छन् । तर थापासंग सम्पर्क राख्दा सामाग्री खरिदको जिम्मा पाएपनि घाटा पर्ने डरले स्थानीय हुमबहादुर माझी लगायतलाई तिमिहरु आपैm गर भनेर छोडेको बताए ।

मैले माझी प्राविको ६ कोठे भवन अन्यत्र भन्दा सस्तोमा बनाईदिएको छु, तर पनि हिजो पुगेका राजनीतिक दलका केही मान्छेले अपजस दिन खोजेको प्रति दुःख लागेको बताउँदै थापाले उता घर निर्माणको दोष आफुलाई नदिन आग्रह गरे । त्यस गाउँका एकदमै सोझा साझी र चरम आर्थिक अभावमा परेका वोटेमाझीहरुलाई थर्काउँदै र हैकम लाद्दै एकै घरका दुई भाई मध्ये दाजु केयरसिंह माझी कांग्रेस नेता र भाई हुमबहादुर माझी ठेक्दरका रुपमा भर्खर कतै घटेरी खन्ने त कतै डिपीसि गर्न थालेका छन् । उनिहरु संग सम्पर्क राख्दा फोन उठाउँदैनन् । त्यहााँ पुग्दा पनि उनिहरु सम्पर्कमा आएन ।

उनिहरुले मत प्रभावित पार्न दशैमा कांग्रेस नेता चन्द्र भण्डारीलाई वोलाएर सय सय रुपैयाँका दरले दक्षिणा दिदै भव्य भोज भतेर समेत गरेका थिए । उनिहरु दुई भाई विरुद्ध वोल्नेहरु त्रासमा बाँच्नु परेको दुखेसो समेत स्थानियले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ