2026-07-26 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ७० प्रतिशत मत खस्यो, भोली साढे आठ वजेपछि गणना हुने

प्रेम सुनार/मङ्सिर २१, गुल्मी ।  ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ६५ देखि ७० प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको छ । 

प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले साँझ ६ वजे सम्म ७० प्रतिशत मत खस्ने आंकलन गरिएको बताए । केहि सामन्य घटना वाहेक गुल्मी जिल्लाको निर्वाचन शान्तिपुर्ण, निष्पक्ष र धाधलीरहित भएको हामीले पाएका छौ प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने साँझ ५ वजे सम्म ६० प्रतिशत मत खसेको जानकारी आएको छ, पाँच वजे भित्रमा मतदाता नामावली पेश गरी सकेका संख्यालाई हेर्दा ७० प्रतिशत मत खस्ने देखिएको छ ।

गुल्मीमा शान्ति सुरक्षाको समग्र अवस्था हेर्दा चुस्त र कडा पारिएको पाईको छ । नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हरेक मतदान केन्द्रमा प्रत्येक ५ मिनेटको अन्तरमा मतदान केन्द्र र त्यस स्थानका गाउँहरुमा पट्रोलिङ्ग गरेको पाईयो । 

मतदान स्थल मध्ये केहि स्थानमा वामगठबन्धनका कार्यकर्ताहरु आक्रमण रुपमा प्रस्तुत हुन खोजे पनि सुरक्षा निकायले केहि वेरमै विवादलाई समान्य पारेको पाईएको छैन् । इयस जिल्लाको पुर्कोदहको २ स्थान र हाडहाडे सहित ३ स्थानको जंगलमा वम विष्फोठनको घटना घटे पनि मतदाताहरु  खासै त्रसिथ भएको देखिएको छैन् । 

पत्रकारहरुको रिपोर्टिङ्गलाई हेर्ने हेर्ने हो भने  गुल्मीमा रेसुङ्गा नगरपालिका  वडा नम्वर  ९ को उपल्लो तम्घास मावि केन्द्रको स्थल ख मा सवै भन्दा बढि मत खसेको छ । साँझ ५ वजे सम्म ७४ प्रतिशत मत खसेको त्यस मतदान केन्द्रका मतदान अधिकृतले बतएका छन । 

प्रमुख निर्वाचन अधिकृत न्यौपानेका अनुसार अहिले साँझ सवै भन्दा पहिला क्षेत्र नम्वर १ को घोर्ले मावि केन्द्रबाट मतपेटिका सदरमुकाम तम्घासमा आई पुगेको छ । आज रातभरीमा सवै तिरबाट मत पेटीका आई पुग्ने र भोली विहान ८ देखि साढे ८ वजे भित्रमा सर्व पक्षिय बैठक सकेर मतगणगान सुरु गरिने प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपनेले जानकारी दिए । 

मत पेटिका आज रातभरीमा आई पुग्ने नपुग्ने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल संग जिज्ञाषा राख्दा उनले मतपेटीका सदरमुकाम ल्याउने क्रम जारी रहेको र भोली विहान सम्म सवै स्थानको आई पुग्ने आफुहरुले अनुमान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ