2026-09-02 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा फेरी उदायो सुर्य हँसिया हथौडासंगै

प्रेम सुनार/मङ्सिर २४, गुल्मी । २०७० मा भएको संविधान सभा निर्वाचनमाको संविधान सभा चुनावमा पराजय भोगे लगत्तै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवालीको फेशवुक स्टाटसले उनका कार्यकर्ताहरुको मात्र आँखा रसाएनन् प्रतिपक्षका कार्यकर्ताको समेत भुटु भक्कानिएको थियो ।

लगातार साविकको गुल्मी क्षेत्र नम्वर २ मा विजयको वाजी मार्दै आएका ज्ञवालीले त्यति वेला स्टाटसमा लेखेका थिए –‘ संविधान सभा निर्वाचनमा मलाई आफ्नो अमुल्य मत प्रदान गर्नु हुने सम्पुर्ण गुल्मेलीवासी प्रति आभार व्यक्त गर्दछु । मलाई आशिष दिने बृद्ध वुवा आमाहरु हामीमा आफ्नो भविश्य नाच्ने रमाउने साना नानीहरु, ज्यान हत्केलमा राखेर खटेका युथफोर्शका साथीहरु, कला गलाले साथ दिने कलाकारहरु , काठमाण्डौं , वुटवल र प्रवासी साथीहरु  तपाईहरुलाई म सधै मिस गरिरहने छु । यो यात्रा हो जुन निरन्तर जारी रहने छ । 

गुल्मीको विकास र गुल्मेलीवासीहरुको दुख सुखमा मेरो उपस्थिती सधै पाउनु हुने छ । यो प्रतिकुल परिणमको सम्पुर्ण जवाफदेही म लिने छु । सायद उमेदवारको रुपमा म मा नै कमी थियो कि ? निरास नबनौ एक छिन डाँडापारी लुकेको सुर्य फेरी उदाउने छ………।’

 उनको यो स्टाटसमा निकै  महानता, आत्मीयाता र भावुकता लुकेको छ । हामीले देखेका थियौं ज्ञवालीको पराजय संगै उनका कार्यकर्ता त्यही स्टाटस पढ्दै डाको छाडी रहेका थिए । मुसिकोट नगारपालिकाका वडाध्यक्ष प्रकाश काफ्लेले आज विहान भने–‘  एक भेलामा दिदी वहिनीहरु त्यही स्टाटस पढ्दै रुन थाल्नु भयो, मैले पनि मन थाम्न सकिन र भक्कानियको थिएँ ।’

नेता ज्ञवालीले राजनीति निरन्तर यात्रा हो । नेपाली कांग्रेसका नेता तथा  अहिलेको १ नम्वर क्षेत्रका उमेदवार चन्द्र भण्डारीले पनि आज त्यही महानता देखाए ।

विजेता प्रदिपकुमार ज्ञवालीलाई अंगालो मारेर आत्मीयता साट्दै बधाई दिदै सफल कार्यकालको शुभकामना दिए । रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश र केन्द्रका सासंदहरुलाई आयोजना गरेको सम्मान कार्यक्रममा  निकै भावुक हुँदै  नेता ज्ञवालीले भने अघि विहान सम्म हामी  पक्ष र विपक्ष थियौं तर अव कोही पक्ष र विपक्ष छैनौं । देश वनाउने मामिलामा हामी संगै छौं । ’

उनले लोकतन्त्रमा हार जित स्वभाविक भएको भन्दै कोही बढि उत्साहित र कोही बढि निरास हुन नहुने आशय प्रकट गरे । 

जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामा कामगठबन्धनका उम्मेदवारहरु निर्वाचित भएपछी जिल्ला बामपन्थीको लाल किल्ला भएको छ । २०५१ साल सम्म कांग्रेसमय बनेको जिल्ला त्यस यता २०६४ साल सम्म पनि लाल किल्ला नै रहेको थियो । नेपाली कांग्रेसका  ति नेता हुन जसले झण्डै २० वर्ष पछि चन्द्र भण्डारी र कृष्णप्रसाद छन्त्यालले आफुहरुको विरासत २०७० मा आएर फर्काएका थिए । 

दुई वटा दल एकातिर मिलेर पनि कांग्रेस उमेदवारहरु एक्लैले  पनि जुन मत प्राप्त गरेका छन् जसले कांग्रेसजन प्रति जनताले सम्मान प्रकट गरेको  देखाउँछ । चुनावी लडाईमा स्वभाविक रुपमले एक अर्कोमा आरोप प्रति आरोप र गाली गलौज समेत हुनु स्वभाविक ठानिन्छ । तर आज विहान देखि त्यसको अन्त्य भएको छ । नेता गणहरुले आजै विहानै देखि मिलेर अगाडी बढ्ने सन्देश पनि दिई सकेका छन् । 

२०७० सालमा केहि वेरा डाँडा पारी लुकेको सुर्य अहिले हँसिया हतौडा संगै फेरी उदाय जस्तै   विग्रेको मौसमका कारण कुईरोलो छोपेको रुख मौसम सफा भए लगत्तै देखिने छ भन्ने कुरामा कांग्रेसजन आश्वस्त हुन जरुरी छ । 

सांसदमा मात्र हो  कहिलो को सत्ता पक्ष कहिले को प्रतिपक्ष  हुने । तर सामाजिक विकास र राष्ट्र हितमा हामी कोही पनि पक्ष विपक्ष हुँदैनौ र हुनु हुन्न । जिल्लाबाट चुनावी मैदानमा उत्रेका सवै नेता गण बधाईका पात्र हुन् । मतगणनामा जसले जिते हारे पनि यति वेला गुल्मीले जितेको छ । 

राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति कमाईका नेता प्रदिपकुमार ज्ञवाली, गोकर्ण विष्ट, सुदर्शन वराल, कमलराज श्रेष्ठ, खड्ग केसी, दिनेश पन्थी जस्ता माननियहरु हामीले पाएका छौं । उहाँहरुबाट जे अपेक्षा राखिएको छ त्यो पुरा गर्ने दायित्ववोध उहाँहरुले गरी सक्नु भएको छ । 

उहाँहरुको त्यो दायित्व पुरा होस भन्ने शुभकामना दिदै उप विजेता कांग्रेस उमेदवारहरुलाई समेत बधाई दिदै र उहाँहरुको राजनैतिक कार्यकाल सफल होस भन्ने शुभकामना दिदै गुल्मी जिल्लाको निर्वाचनलाई सफल पार्नमा अहोरात्र खटिनु भएका समस्त कर्मचारी सुरक्षा निकाय,  दलका जिम्मेवार नेताहरु र आम मदतातालाई समेत साधुवाद … 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली