2026-09-02 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हारेको झोकमा कांग्रेस नेता भण्डारीले दिए बाम गठबन्धनलाई यस्तो धम्कि !

मंसिर २७, बुटवल । प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट एमाले सचिप प्रदिप ज्ञवालीसँग हारेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने बाम सरकारको आयु छोट्याईदिने चेतावनी दिएका छन् ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले बाम गठबन्धनको सरकार पनि स्थिर सरकार नहुने बताए । उनले ठाडो चेतावनी दिँदै भनेका छन् –  ‘बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठाने वाम सरकारको आयु १८ महिनामै सकिन्छ ।’

भण्डारीले कांग्रेसलाई सामान्य ठानेर काम गरे त्यसको प्रतिफल देखाईदिने भन्दै बिचार पुर्याएर काम गर्न सुझाव दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन परिणामबाट बिचलित नहुन समेत आग्रह गरे । उनले भने ‘कांग्रेसले चुनाव हारेको भएपनि शक्ति र क्षमता हारेको छैन ।’ 

नेता भण्डारीले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाएपछी कांग्रेसको कमजोरी शुरु भएको दाबी गरेका छन् । कांग्रेस हार्नु कारणबारे प्रष्ट पार्दै भण्डारीले भारतको नाकाबन्दी प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेश टुक्रयाउने बिषयमा सहमत हुनु लगायत कारणले आफुहरुले हार्नुपर्ने खुलाए ।

निर्वाचन अघि आफू बेलायतको प्रधानमन्त्री हुनुपर्ने भन्दै अभिव्यक्ति दिएका भण्डारी बेला-बेलामा चर्चामा आउनकै लागि भएपनि बिभिन्न प्रतिकृया दिने गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली