2026-09-02 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अझै भेटिएनन त्रिशुली नदीमा खसेको वसका दुई यात्रु

प्रेम सुनार/मङ्सिर २८, गुल्मी । निवार्चनको मुखमा यहि मंसिर १३ गते चितवनको ईछच्छाशक्ति गाउँपालिका अन्तरगत त्रिशुली नदिमा खसेको वसका यात्रुहरु मध्ये अझै दुई जना फेला पर्न सकेका छैनन् ।

काठमाण्डौबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख २९१ नम्वरको वस उक्त दिन चितवनको ईच्छा शक्ति गाउँपालिका वडा नम्वर ३ थिस्लीङ्ग भन्ने स्थानको सडकबाट त्रिशुली नदिमा खसेको थियो । उक्त दुर्घटनामा  सता जनाको मृत्यु भएको , २२ जना घाईते रहेको र अझै दुई  जना फेला पर्न नसकेको आफन्त मार्फत आफुहरुले जानकारी पाएको ईलाका प्रहरी कार्याल मुग्लीङ्गका प्रमुख प्रहरी निरीक्षक धर्म केसीले बताए ।

‘मृतक मध्ये एक जनाको अझै सनाखत हुन सकेको छैन्,–प्रहरी निरीक्षक केसीले भने,–अर्घाखाँचीबाट दुई जना वेपत्ता भएको आफन्जनले टिपाएका छन् खोजी कार्य जारी छ ।’ उनका अनुसार वेपत्ता हुनेमा एक जना पुरुष  र एक जना महिला छन् । 

उनिहरुको नाम विवरण प्रहरीले नखुलाए पनि अर्घाखाँचीका भएको बताएको छ । सवैको ध्यान निर्वाचन तर्फ गएकोले उक्त दुर्घटनाको खवर ओझेलमा परेको छ । अर्घाखाँचीबाट धेरै आफन्तजन निर्वाचन ताका सञ्चारकर्मीहरु संग रुदै आफन्जतको खासी हुन नसकेको गुनासो गर्दै थिए । 

चुनाव अघि  एक जनाको र  चुनाव पछि दुई जना सहित पछिल्लो चरण तिन जनाको शव फेला परेको बताईएको छ । 

मृतकहरु मध्ये अर्घाखाँचीका अन्दाजी ५२ वर्षिय नुदराज अधिकारी , दैलेखका अन्दाजी ३२ वर्षिय अमरबहादुर शाही , नवलपरासीको वर्दघाट १ वस्ने अन्दाजी ५० वर्षिय कृष्ण ढकाल, अर्घाखाँची कै अन्दाजी ४३ वर्षिया लक्ष्मी पौड्याल रुपन्देशी देवदह ९ का अन्दाजी ३० वर्षिय दिपक पाण्डे कपिल वस्तुका ४३ वर्षिय ओमबहादुर सिंजापति  र अरु विवरण नखुलेको विष्णु भन्ने एक जना रहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

२२ जना घाईते मध्ये कतिपयको भरतपुरस्थित  पुरानो मेडिकलमा उपचार भई रहेको जनाईएको छ । प्रहरीका अनुसार अर्घाखाँचीका राजेन्द्र रायमाझी र बाँके कोहलपुर ७ की उमा पोखरेलको अवस्था केहि गम्भीर रहेको छ । अर्घाखाँची घर बताईएका चालक एमबहादुर क्षेत्री  प्रहरी हिरासतमा रहेका ेजनाईएको छ ।

पश्चिमाञ्चल वस व्यवसायी संघ अर्घाखाँची शाखा प्रमुख कमल भट्टराईका अनुसार २६ जना काठमाण्डौ वसवार्कबाट चढेका थिए । दुई जना कलंङकीबाट र दुई जना  र अरु दुई जना विचबाट चढेको जानकारी आफुले पाएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली