2026-07-26 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘चुनावी रिसमा’ गरिव वोटेमाझी युवाहरुले कुटाई खाए

प्रेम सुनार/पुस ४, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, साविकको वलिथुम वोटेमाझी गाउँका दुई जना युवाहरुले छिमेकी गाउँ जुभुङ्गका युवाहरुबाट कुटाई खाएका छन् । 

नेपाली कांग्रेसका कार्यकर्ता रहेका  त्यस गाउँका होमबहादुर माझी र भिमबहादुर माझीले जुभुङ्गका लोकबहादुर राजकोटी र अर्का नाम पहिचान हुन नसकेका युवाबाट कुटाई खानु परेको ति दुवैले बताए । 

माझीले भने –‘हामी घर घरमा मिटर रिडीङ्ग गर्दै घर फर्किदै थियौं, यहँको विद्यालय अगाडी उनिहरुले मनिकला माझीको पसलको सटर तान्ने अस्लील शव्द प्रयोग गर्दै गाली गलौज गर्दै थिए  मैले त्यसो नगर्नुस दाजु भन्न के पाएको थिएँ हामी दुवैलाई आक्रमण गरे । 

दुवैलाई गालामा मुक्का हान्ने र मोवाईल समेत खोसेर लगेका थिए अहिले ल्याई दिएका छन् । उनले आफुहरुलाई चुनावमा कांग्रेसमा भोट हालेको रिसमा आफुहरुलाई कुट्ने त्रसाउने गरेको आरोप लगाए । 

हेर्दै जानु अव यहाँका कांग्रेस जतिलाई तह लगाईन्छ भन्दै धम्की दिएकोले आफुहरु असुरक्षित भएको उनिहरुको भनाई छ ।  चुनाव ताका पनि आफुहरुलाई त्रासमा बाँच्नु परेको गुनासो गर्दै माझीले भने–‘हामी गरिव माझी समुदायले स्वतन्त्र पुर्वक दल रोज्न पाउने अधिकार खोस्न खोजिएको  छ ।’  

कुट्ने युवाहरु भने कुन पार्टीका हुन भन्ने खुलेको छैन् । गत दुई वर्ष देखि कांग्रेस नेता तथा क्षेत्र नम्वर १  का उमेदवार चन्द्र भण्डारीले त्यहाँका भोटेमाझी समुदायका वालवालिकालाई शैक्षिक सामग्री दिने, खाजा खर्च उपलव्ध गराई दिने र दशैमा  उनिहरु संगै बसेर दशै मान्ने् गर्दै आए पछि त्यहाँ कांग्रेसको प्रभाव बढेको थियो । 

जनता आवास कार्यक्रम अन्तरगत घर बनाउन सुरु गरेको विषयमा कांग्रेस कार्यकर्ता होमबहादुर माझीले अन्य दलहरु संग परामर्श  नगरी एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै चनुावताका वामगठबन्धनका नेता कार्यकर्ता सोही स्थानमा पुगेर चेतावानी समेत दिएका थिए । त्यस्तै त्यहाँका केहि एमाले र माओवादी कार्यकर्ताले पनि आफुहरु कांग्रेस नभएकोमा उनिहरुको डर धम्कीमा वस्नु परेको गुनासो पनि गरेका थिए ।  

काठमाण्डौं पुगेका कांग्रेस नेता चन्द्र भण्डारीले टेलिफोन मार्फत उक्त घटना प्रति खेद प्रकट गरेका छन् । नेता भण्डारीले  भने–‘विचरा ति गरिव वोटेमाझी समुदायले आ–आफ्नो विवेक प्रयोग गरेर भोट हाल्न पनि नपाउने ?   त्यसरी कुटाई खानु पर्ने ? कुट्नेहरु एमाले हुन् । 

यस्ता विषयलाई सञ्चार माध्यमले उठाई दिनु पर्ने देखेको छु ।’ कुट्ने आरोपी संग भने सम्पर्क हुन सकेन । चुनाव ताका वामगठबन्धनका कार्यकर्ताहरुबाट कांग्रेस कार्यकर्ताहरु धेरै स्थानमा कुटिनु परेको आरोप यहाँका काग्रेस नेताहरुले लगाएका छन् ।  

त्यसो त कतिपय स्थानमा कांग्रेस कार्यकर्ताहरुले पनि वामगठबन्धनका  कार्यकर्ताहरुलाई कुटेका उजुरीहरु प्रहरीमा परेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ