2026-10-28 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यी हुन् गुल्मीबाट एक मात्र महिला प्रदेश सांसद

प्रेम सुनार | पुस २०, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मीबाट समानुपातिकमा  एक मात्र महिला प्रदेश सांसदमा मनोनयन भएकी छन् । नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्वर २ बाट प्रदेश सभाका लागि गिता थापाले यस्तो अवसर पाएकी हुन् । जिल्लाका अन्य कुनै पनि राजनैतिक दलबाट प्रदेश सभामा महिला सांसद मनोनयनमा पर्न सकेनन् । थापाको आधिकारिक रुपमै टुङ्गो लागि सकेको माओवादी केन्द्र गुल्मीले जनाएको छ । 

प्रतिनिधी सभाका लागि भने एमालेबाट रामकुमारी झाँक्री , मैना भण्डारी र जिवराज आश्रित धर्म पत्नी माया न्यौपानेको अन्तिम टुङ्गो लागी सकेको नेताहरुले बताए पनि केन्द्रबाट आधिकारिक जानकारी आएको छैन् । 

कांग्रेसबाट प्रदेशका लागि झविन्द्र बिक र प्रतिनिधी सभाका लागि सुवर्ण ज्वारचनको नाम सिफारिस भएको भए पनि उनिहरुको वारेमा अन्यौल नै रहेको बताईन्छ ।  प्रदेश सभाका लागि एमालेबाटै जनजातीबाट वालसिंह काउछा र दलित तर्फ गणेश बिश्वकर्माको नाम सिफारिस भए पनि ३३ प्रतिशत महिला पुराउन पर्ने भएकोले उनिहरु पर्न नसकेको बताईएको छ । 

थापाको हतियारको युद्ध  देखि सांसद सम्मको यात्रा 

संघिय संरचना मुलुक गई सके पछि पहिलो पटक भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गुल्मीबाट पहिलो  र एक मात्र महिला प्रदेश सांसद हुने ईतिहाँस रचेकी गिता थापा साविकको दोहोली गाविसको रामराज्य उच्च माध्यामिक विद्यालयमा पढ्दा पढ्दै  २०५६ साल देखि  तत्कालिन युद्धरत माओवादीको विद्यार्थी संगठनबाट भुमिगत राजनीति सुरु गरेकी थिईन् ।  किशोर अवस्थाकी उनि सांस्कृतक फाँटमा निकै चम्कीएकी कलाकार हुन् ।  तर पनि युद्धमा न कलाकार न  फौजी कार्यकर्ता र कमाण्डार भिडन्तमा सवै होमिन्थे र गिता पनि धेरै भिडन्तमा होमिएकी थिईन् ।  

जेल जिवन समेत व्यतित गरेकी गितालाई एक पटक घर परिवारले माया मारी सकेका थिए ।  उनको गाउँमा तत्कालिन विपक्षी दलका नेता कार्यकर्ताले माओवादीमा गिता लागेको रिसमा  ‘विग्रेकी केटी’ सम्मको संज्ञा दिन्थे । तर उनि त्यो रुढीवादी समाज संग जुधिन । महिलाहरु घरबाट निस्कीनुलाई संकिर्ण रुपमा हेरिने त्यो समाजबाट उनि जंगलमा बन्दु काँधमा बोकेर हिडिन् । शान्ति प्रकृया पछि अनेम संघ ( क्रान्तिकारी ) को जिल्ला संगठनको विभिन्न जिम्मेवारीहरु निभाउँदै उनले उक्त संगठनको नेतृत्व समेत लिई सकेकी छन् । 

अहिले उनि जिल्ला पार्टीको सचिवालय सदस्य हुन र रेसुङ्गा नगरकमिटीको कोषाध्यक्ष समेत रहेकी  छन् । आज उनलाई रेसुङ्गा नगरकमिटीले एक समारोहको विच अभिनन्दन गरेको छ । अभिनन्दन कार्यक्रममा शाहसी र संघर्षशिल महिला नेतृ गिता थापाको पार्टी र समाज प्रतिको योगदानवारे नेता कार्यकर्ताहरुले प्रकाश पारेका थिए ।

कार्यक्रममा रेसुङ्गा नगरकमिटीको उपाध्यक्ष धर्म बिश्वकर्मा , प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, रेसुङ्गा नगरकमिटीकी सह सचिव कमला पुन, अनेरास्ववियु –(क्रान्तिकारी ) रेसुङ्गा क्याम्पस ईकाई कमिटीका संयोजक हुमकान्त पोखरेल लगायतले थापाको योगदानबारे प्रकाश पारेका थिए ।  रेसुङ्गा नगरकमिटीका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव गिरीसिह महाकिमको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला