प्रेम सुनार / फागुन ११, गुल्मी। गुल्मीमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले आज विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थितीका वावजुद् पनि प्रधानमन्त्रीको सदरमुकाम तम्घासमा पुत्ला दहन गरेको छ । सो संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।

आज दिउँसो १:१५ वजे सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगायतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन । सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।

भोली जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।

गुल्मीमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment