२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-भारतका बौद्धिक र अध्यात्मिक व्यक्तिहहरुको जमघट गुल्मीमा

२०७४, १८ फाल्गुन शुक्रबार १५:०७

प्रेम सुनार/फागुन १८, गुल्मी । हिजो देखि गुल्मीको एक ग्रामिण भेगमा यस जिल्ला र छिमेकी जिल्ला सहित भारतका बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको जमघट भई रहेको छ ।  

अखिल विश्व गायत्री परिवार हरिद्धारको तत्वावधानमा  नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाको अयोजना र भारत र  गायत्री विद्यापिठ ईस्मा १, हस्तीचौर गुल्मीको सहकार्यमा उक्त गायत्री विद्यापिठ हस्तीचौरमा भविश्य निर्माता प्रशिक्षण सिविरमा यस्तो जमघट भएको हो ।


जहाँ भारतका प्रशिद्ध धर्मगुरुहरु, गुल्मी पाल्पा लगायतका क्याम्पस प्रमुख र प्राध्यापकहरु, विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक वुद्धिजिवीहरु र रेडक्रश जुनियर सर्कलहरु सहभागि रहेका छन् । हिजो देखि भोली सम्म चल्ने  जमघटले  समाज सुधारका विषयमा गहन छलफल गरेर अभियान  छेड्ने  मुल उद्देश्य   रहेको बताईन्छ  ।

पहिला समाजका गुरुवर्गहरु नै असल संस्कार र व्यवहार  प्रदर्शन गरेर नमुना हुने र आफुहरुको देखा सिखीबाट नै विद्यार्थीहरु नमुना हुँदै जाने , अनि विशेष गरी समाजको कुरुती, अन्धाविश्वास हटाएर जातिय विभेद रहित समाजको स्थापना गर्नु मुल उद्देश्य रहेको आयोजकले बताएका छन् ।

‘राष्ट्र निर्माणमा शिक्षकको भुमिका तथा वाल संस्ककार कार्यशाला प्रशिक्षण विषायक उक्त जमघटको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण  विष्टले गरेका थिए । समाजको सचेत वर्ग नै यसरी समाज सुधारको पक्षमा अभियान्त बन्नु सह्रायिन कार्य भएको गाउँपालिका प्रमुख विष्टले बताएका थिए ।

कार्यक्रममा विशेष अतिथीका रुपममा नेपाल रेडक्रश सोसाईटीका केन्द्रिय सदस्य शशी पन्थी, संस्कृत विश्व विद्यालय हरिद्धारका प्राध्यापक डाक्टर भगवानसिंह देव, शान्तिकुञ्ज हरिद्धारका नेपाल प्रतिनिधी डाक्टर विष्णु अर्यालय, देव संस्कृत विद्याविठ हरिद्धारका प्राध्यापक देविलाल सुवेदी लगायतका धर्म गुरुहरु र वौद्धिक व्यक्तिहरुको  गहन छलफललेले उद्देश्य अनुरुपको प्रतिबद्धता पत्र भोली जारी गर्ने हिमालय उच्च मावि वस्तुका शिक्षक तथा त्यस कार्यक्रमका समन्व्यकर्ता कृष्णप्रसाद भण्डारीले बताए ।

नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार हस्तीचौरमा हुन लागेको यो  बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको एकैथालेमा यो जमघट गुल्मीका लागि पहिलो र समाज सुधारका लागि महत्वपुर्ण हो । ढेढ सय जना भन्दा बढि बौद्धिक र अध्यात्मिक ब्यक्तिहरुको यो जमघट  उच्च महत्वका साथ  यहाँको बौद्धिक वर्गले लिएको रेडक्रश गुल्मी शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद खनालले बताए ।

रेडक्रश परिवार र धार्मिक व्यक्तित्वहरु मनविय सेवा संग जोडिन्छन , यि  दुईको समन्व्यले मानविय सेवामा थप टेवा पुग्ने र समाज सुधार, शैक्षिक क्षेत्रमा सुधार हुने भएकोले यो जमघटको आयोजना रेडक्रशले गरेको कार्यालय प्रमुख खनालले बताउँ छन् ।


समन्व्यकर्ता भण्डार िथप्छन्–‘ हिन्दु धर्म एउटा असल संस्कार र ज्ञानकुञ्ज हो । यस धर्म भित्र विगतमा कतिपयले  जात पात , उच निच जस्ता अन्धा विश्वास लादे ।  त्यसको अन्त्य गर्दै समतामुलक समाजको निमाृण गर्नु  शिविरको लक्ष्य हो ।

त्यस्तै  हिन्दुधर्मको महिमा, गरिवामालाई थप उच्च र सवैको आश्थाको धरोहर बनाउँदै लैजानु, स्वयम शिक्षकहरुबाटै व्यक्तित्वको विकास गर्नु, आफु उदाहरणिय बने पछि विद्यार्थीहरुलाई पनि असल संस्कारको विकास गराउनु रहेको छ ।

त्यसै गरी  राष्ट्र निर्माणमा शिक्षकहरुको भुमिकालाई प्रवद्र्धन गर्नु  वैज्ञानिक  शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाईमा सुधार ल्याउनु , व्यवहारिक एवं गुणस्तरिय शिक्षा प्रदानमा उत्तरददायि हुनु ,  शान्ति कायम गर्दै समृद्धि मुलुक तर्फ देशलाई डोराउने कार्यमा हेस्टेमा हैसे हुनु र्नै  आफुहरुको लक्ष्य रहेको छ । ’

तिन दिने कार्यक्रमको भोली समापन गरिदै छ । उद्घाटन सत्रमा रेडक्रश जुनियर सर्कलका संयोजक हसराका शिक्षक विष्णु भण्डारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन समन्व्यकर्ता कृष्णप्रसाद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता