2026-07-27 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसले गर्यो ऐतिहाँसिक निर्णयः छुवाछुत अन्त्यको अभियान नेताबाटै

प्रेम सुनार/फाल्गुण २९, गुल्मी । जातिय विभेद र छुवाछुत अन्त्यको नारा वामपन्थीहरुले वर्षऔं अघि देखि लगाउँदै आए  पनि व्यवहारतः अझै पनि समाजमा छुवाछुत,  विभेद कायमै रहेको छ ।

यस्तो अवस्थामा वामपन्थीहरुलाई चुनौती दिने गरी नेपाली कांग्रेस गुल्मीले व्यवहारतः छुवाछुत अन्त्य गर्ने अभियान नेताहरुबाटै छेड्ने निर्णय गरको छ ।

आज सो पार्टीले पत्रकार सम्मेलन गरी हिजो सम्पन्न जिल्ला पार्टीको २० औं बैठकले यस्तो निर्णय गरेको जानकारी दिएको हो ।  अहिले सम्म कै लामो ५० दिने अभियान जिल्लाका ९३ वटै वडाहरुमा  ‘गाउँ जाऔं गाउँमै रमाऔं , गुल्मी कांग्रेसको ५० दिने अभियान’ भन्ने मुल नाराका साथ यस्तो अभियान छेडिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

 ‘यस अभियानका क्रममा हामी पार्टीको नेता बनेर होईन, सर्वसाधरण गरिव जनता बनेर ति गरिव र दलितको घरमा एक हप्ता सम्म बसेर उनिहरुको गरिवी, अभाव , विभेद र अन्यायको पिडा कस्तो हुँदो रहेछ ? प्रत्यक्ष अनुभुत गर्ने छौं, त्यो दलित र गरिव परिवार पछाडी पर्नुको कारण खोज्ने छौं , –सभापति श्रेष्ठले भने –‘त्यस दलित परिवारले जे खान्छन हामी पनि त्यही खाने छौं , उनिहरुले जे काम गर्छन हामी पनि उनिहरु संगै त्यही काम गर्ने छौं ।’

नेपाली कांग्रेसको संगठन कमजोर  हुँदै गएको महशुस गरी नयाँ ढंगबाट पार्टीलाई रक्त सञ्चार दिने गरी यस्तो अभियान छेड्न लागिएको उनको भनाई छ ।  एक वडा एक जिल्ला नेता तोकिने , एक टोल एक हप्ता एक  गरिव , दलितको घरमा विताएर त्यस गाउँ र जनजिवका, उनिहरुको भावना बुझ्ने ,  केन्द्रिय प्रतिनिधी समेत वोलाईने गरी अभियानको कार्यविधी बनाउन लागिएको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।  नेपाली कांग्रेस गुल्मीको ईतिहाँसमा यो अभियान महाअभियान र ऐतिहाँसिक रहेको उनको भनाई छ ।

रचनात्मक  प्रतिपक्षका लागि प्रशिक्षण

यस अभियानको पुर्व सन्ध्यामा  वडा स्तर सम्म पुगेर कार्यकर्तालाई प्रतिपक्षको रचनात्मक भुमिकाबारे प्रशिक्षण दिने, क्रियाशिल सदस्यताले पालना गर्ने कुराबारे  कार्यविधी बनाईने छ ।   छायाँ सरकारका रुपमा विकास निर्माणमा हुने गरेको अनियमित्ता , भ्रष्टचार , ढिला सुस्ती , साधान श्रोतको दुरुपयोग भएको प्रति निगरानी र खवरदारी गर्ने , जनताको जनजिविकाको सवाल उठाईने छ ।  यस्ता विषयहरुमा पार्टी एक भएर लाग्ने  पार्टी उपसभापति तथा सुचना तथा सञ्चार विभाग प्रमुख विष्णुकुमारी सापकोटाले बताईन । विकास योजना बनाउँदा सिंहदरवारबाट होईन, गाउँका गरिवको झुपडीमा बसेर बनाउनु पर्छ भन्ने नेता विपी कोईरालाको विचारलाई मुर्तरुप दिने सभापति श्रेष्ठले बताए ।

जिल्लामा अनियमित्ता र भ्रष्टचार बढ्यो

यसै विच सो पार्टीले जिल्लाभर अनियमित्ता र भ्रष्टचार बढेको निष्कर्श निकालेको बताएको छ  । त्यस्तै व्याप्त रुपमा साधन श्रोतको दुरुपयोग भएको समेतथ बताएको छ ।

विकास निर्माणमा ढिला सुस्ती, कमिशनको चलखेल बढेको सचिव पन्थीको भनाई छ । चार वर्षमा दुई किलो मिटर बाटो नखर्नेको उदाहरण समेत हामी संग छ  त्यसको विरुद्धमा हामी  उत्रिदै छौं पन्थीले भने यसमा सञ्चारर्कीको समेत हामीलाई सहयोगको खाँचो छ ।

छायाँ सरको मन्त्रालयका रुपमा विभाग गठन

इयसै विच कांग्रेसको उक्त बैठकले छायाँ सरकारको मन्त्रालयका रुपमा विभिन्न विभागहरु   समेत गठन गरेको छ । सचिव पन्थीले दिएको जानकारी अनुसार २६ वटा विभागहरु गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली