रेसुङ्गा नगरपालिकाल"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेसुङ्गा नगरपालिकाल"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

असक्षम शिक्षकले ठाउँ ओगटेर नबस्दा हुन्छ: मेयर भुसाल

२०७४, १३ चैत्र मंगलवार ०७:३१

प्रेम सुनार/चैत्र १३, गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले असक्षम शिक्षकहरुलाई ठाउँ ओगटेर नवस्न आग्रह गरेका छन् ।


रेसुङ्गा नगरपालिकाले आयोजना गरेको आधारभुत तह कक्ष १ देखि कक्षा ५ सम्मका शिक्षकहरुको सक्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मेयर भुसालले भने–‘पुराना शिक्षकहरुले अहिलेको  पिढिले चाहेको शिक्षा दिन आफु असक्षम छु भन्ने ठान्नु हुन्छ भने कृपया सिट छाडि हाल्नुस ठाउँ ओगटेर बस्न पाईदै पाईदैन ।’

उनले सक्षम शिक्षकहरुलाई सम्मान  गर्नु सधैव आतुर छौ तर असक्षमलाई अपमान गर्न पनि नगरपालिका बाध्य हुने चेतावानी दिदै थपे–‘ शिक्षक  दिएको शिक्षा राम्रो भए मात्रै  सवै खाले विकास हुने बताए । ’

वन उभोक्ता समिति देखि हरेक उपभोक्ता समिति र कतिपय शिक्षकहरु एउटै विद्यालयमा लामो समय सम्म वसेर ‘बोस’ मात्रै बन्ने तर अध्यापनमा ध्यान नदिने गरेको तितो अर्थात ओकल्दै उनले अव त्यस्तो अटेरी गरे यताको शिक्षक उता र उपभोक्ता समितिमा लामो समय सम्म रहेर पनि अरुलाई ठाउ नदिनेहरुलाई नगरपालिकाले निकल्ने चेतावनी समेत दिए ।

त्यस्तै मुख्य प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले विद्यार्थीहरुलाई त होमवर्क गरिस कि गरिनस भनेर सोध्नु हुन्छ भने तपाई शिक्षकले गर्नु हुन्छ कि हुन्न  ? भन्ने प्रतिप्रश्न गरे ।  विद्यार्थीलाई पढाउने विषय पहिला आफुले पढेर पुनरताजगी भएर मात्र  पढाउनु पर्ने सुझाव दिदै उनले भने  –‘शिक्षक सक्षम नभए  सम्म विद्यार्थी सक्षम हुनै सक्दैनन् । ’

पाँच दिन सम्म चल्ने तालिममा रेसुङ्गा नगरपालिका भित्रको १० वटा वोर्डिङ्ग सहित ४२ वटा विद्यालयका शिक्षकहरु सहभागि छन् । विद्यालय निरक्षक पिताम्वर पन्थी र अगुवा श्रोत केन्द्र तम्घासका श्रोत ब्यक्ति ताराबहादुर राउतले सुरु मै भने–‘ तपाईहरु भत्ता पचाउनका लागि सहभागिताका लागि सहभागिता मात्रै ठान्नु हुन्छ भने कृपया अहिले नै निस्कुनुस् क्लास पुरै टाईट गरिने छ र अन्तिमा परिक्षा लिईने साथै  तपाईको विद्यालयमा तपाईले सोही अनुरुप गर्नु भएको छ कि छैन भनेर अनुगमन समेत हुने छ ।’

प्रशिक्षकहरुमा स्वयम पन्थी  , राउत  , युवराज ज्ञवाली रहेका छन् ।  गणित विषयको सिकाई उपलव्धि  दरमा सुधार ल्याउनु र निरन्तर विद्यार्थी मुल्याङन पद्धतिलाई प्रभावकारी तुल्याउनु साथै विद्यालयमा वालमैत्रै वातवरण सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको  प्रशिक्षकहरुले बताए ।

उद्घाटन समारोहमा नगरपालिकाका मानव संसाधन तथा क्षमता विकास समितिका संयोजक तथा वडाध्यक्ष थम्मनबहादुर केसी   सामाजिक विकास समितिका सदस्य एवं वडाध्यक्ष मोहनप्रसाद पाण्डे , पत्रकार प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस नगरपालिका सामाजिक विकास  समितिका संयोजक  पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रोत व्यक्ति राउतको सञ्चालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित