2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी भारतमा माग्न जाँदै छैनौंः मन्त्री प्रदिप ज्ञवाली

प्रेम सुनार । चैत्र–१६, गुल्मी ।  अव छिट्टै हुन गई रहेको प्रधानमन्त्रीको भारत भ्रमण बारे बोल्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले यो भ्रमण नितान्त दुई देश विचको सम्वन्ध सुधार विकासको साँझेदारीका लागि उच्च स्तरिय भ्रमण भएको बताएका छन् । एक कार्यक्रमका लागि  आज गुल्मी आएका मन्त्री ज्ञवाली भने हामी भारतमा माग्न जाँदै छैनौ , सम्वन्ध सुधारका लागि मात्र जाँदै छौ ।

उनले भने–‘विगतमा दुई देश विच केहि तिक्ताहरु  रह्यो , त्यस बाट भारत नेपाल दुवैले पाठ सिकी सकेका छौं, यसर्थ पनि दुई देश विचको सम्वन्ध सुमधुर हुनै पर्छ यहि नै भ्रमण मुख्य उद्देश्य हो , यो भ्रमणमा  सरकारले कुनै सन्धी सम्झौता लिएर जाँदै छैन् ।’

उनले भारत सरकार संग नेपाल सरकार माग्न जाने परम्परालाई निरन्तरता नदिने तर भारतले चाहे नेपाल सरकारले  मुलुकको  हित हुने खालको सम्झौता भने गर्न सक्ने बताए ।

उनले थपे–‘ नेपाल लगानीका लागि शान्त र सुरक्षित छ  यसर्थ पनि  चिन र भारत  यहाँ लगानी गर्न उत्सुक छन् यसर्थ पनि हामी  संग वरावर सुमधुर सम्वन्ध राख्न ति दुई मुलुक पनि चाहन्छन र हामी पनि चाहन्छौं ।’

सरकार चार अर्वको खाडलमा

अघिल्लो सरकारले गरेका निर्णयहरुका कारण अहिलेको सरकार चार अर्व रकमको  खाडलमा परेको मन्त्री ज्ञवालीले बताए ।  उनले भने–‘भुकम्प पिडितलाई एक एक लाख बृद्धि, सामाजिक सुरक्षा भत्तामा उमेर कम र कर्मचारीको शैक्षिक अवकास जस्ता विषयमा अघिल्लो काम चलाउ सरकारले दुर्गामी असरको ख्यालै नगरी गरेको निर्णयका कारण अहिलेको सरकार चार खर्वको खाडलमा परेको छ । ’

जनतालाई निरास हुन नदिने

मन्त्री ज्ञवालीले वामगठबन्धन लाई जनताले झण्डै  झण्डै दुई तिहाई वहुमत दिए अनुरुप आफुहरुको सरकारले जनताको अपेक्षा पुरा गरेरै छाड्ने बताए । उनले भने हामी कुनै हालतमा निरास हुन दिने छैनौं ।

उनले गृह जिल्लामा रेसुङ्गा विमान स्थल, कालिगण्डकी कोरिडोर ,  रिडी रुद्रवेणी वामीटक्सार सडक जस्ता ठुला योजनाहरु छिट्टै सम्पन्न गर्ने,  गुल्मी सहित देशैभरका जनताको यो सरकार प्रतिको अपेक्षामा निरासा आउन नदिने  प्रतिबद्धत्ता प्रकट गरे ।

वाम एकता बैशाख ९ भित्रमै

नेकपा एमालेका सचिव समेत रहेका मन्त्री ज्ञवालीले आफु पनि वाम एकता संयोजन समितिमा रहेको हिजो राती अवेर सम्म एकताको अन्तिम टुङ्गोमा पुगिएको बताए ।

उनले भने–‘ ल हेर्नुस मेरा आँखा, गएराती अवेर सम्म नसुतेर हामीले विद्यान मस्यौदाको अन्तिम टुङ्गो लगाएका छौं ,  बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको  स्थापना दिवसका दिन वा त्यो भन्दा अघि नै पार्टी एकताको घोषणाको तयारीमा लागेका छौं ।’

उनले वाम एकता नहुने विषयमा फेशबुके कुरा नगर्न आग्रह  गरे । उनले अव भागबन्डाको कुरा हुँदै नहुने पार्टी एकता भएरै छाड्ने ठोकुवा नै गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली