प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वात"/>

2026-10-28 05:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी महोत्सवमा मन्त्री ज्ञवालीले भने – ‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ’

प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वातावरण सिर्जना भएको भन्दै उनले अब निजि क्षेत्रमार्फत देश अर्थिक विकासको तिब्र गतिमा अगाडी बढ्ने बताए । गुल्मी उद्योग बाणिज्य संघद्धारा आयोजित तेस्रो गुल्मी महोत्सवलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि ज्ञवालीले यस्तो बताएका हुन् । 

त्यस्तै उनले देशमा निर्माण भएको बाम एकता र स्थिर पाँच बर्ष चल्ने सरकार विकासमा कोसेढुङ्का सावित हुने बताए । जनताले स्पष्ट बहुमतका साथ आफूहरुलाई विजयी गराएको र जनताको मतलाई खेर नफाल्ने समेत उनले प्रतिबद्धता जनाए । तर आफूहरुको त्यो एकता र राष्ट्रियतालाई केहि आन्न्तरिक तथा बाह्य शक्तिले भाड्न खोजेको तर त्यो प्रयास सफल नहुने समेत बताए ।

त्यस्तै उनले सरकार पाचँ बर्षसम्म चल्नु मात्र ठूलो कूरा भनई देशको आर्थिक समृद्धि महत्वपूर्ण भएको बताए । उनले अहिलेको सरकार झारा टार्न मात्र नभई देश विकास गर्न गठन भएको बताए । ‘यो सरकार नभई नहुँने तरिकाले झारा टार्न गठन भएको सरकार होइन् ।’ उनले भने, ‘यो विकास गर्न गठन भएको सरकार हो ।’ त्यस्तै उनले देशको प्रतिपक्षि अब कुनै राजनीतिक दल नभई गरिबी र अशिक्षा नै प्रमुख शत्रु भएको बताए ।

यो बर्षको महोत्सवको नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने तय गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

हेलिकप्टरद्धारा पर्यटकीय स्थलको भ्रमण

तेस्रो गुल्मी महोत्सवलाई थप आकर्षित गर्न हेलिकप्टर संचालन गरिने भएको छ । महोत्सव १० दिन लाग्ने भएपनि दुई दिन हेलिकप्टरको ब्यवस्था मिलाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हेलिकप्टरद्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने श्रेष्ठले बताए । हेलिकप्टर सदरमुकाम तम्घास नजिकै रहेको गर्जुराबाट उडान गरिने छ ।

महोत्सवमा दुई सय स्टल

गुल्मी उद्योग बाणिज्य संघले महोत्सवको लागि दुई सय स्टल राखिएको छ । सदरमुकामको चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । साथै अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु महोत्सव अवधिभर राखिने बाणिज्यसंघका सचिव बिरेन्द्र भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिएको आयोजकले जनाएको छ । भने महोत्सवबाट  जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला