प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वात"/>

2026-09-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी महोत्सवमा मन्त्री ज्ञवालीले भने – ‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ’

प्रेम सुनार | चैत १७, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । 

देशमा लगानीको वातावरण सिर्जना भएको भन्दै उनले अब निजि क्षेत्रमार्फत देश अर्थिक विकासको तिब्र गतिमा अगाडी बढ्ने बताए । गुल्मी उद्योग बाणिज्य संघद्धारा आयोजित तेस्रो गुल्मी महोत्सवलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि ज्ञवालीले यस्तो बताएका हुन् । 

त्यस्तै उनले देशमा निर्माण भएको बाम एकता र स्थिर पाँच बर्ष चल्ने सरकार विकासमा कोसेढुङ्का सावित हुने बताए । जनताले स्पष्ट बहुमतका साथ आफूहरुलाई विजयी गराएको र जनताको मतलाई खेर नफाल्ने समेत उनले प्रतिबद्धता जनाए । तर आफूहरुको त्यो एकता र राष्ट्रियतालाई केहि आन्न्तरिक तथा बाह्य शक्तिले भाड्न खोजेको तर त्यो प्रयास सफल नहुने समेत बताए ।

त्यस्तै उनले सरकार पाचँ बर्षसम्म चल्नु मात्र ठूलो कूरा भनई देशको आर्थिक समृद्धि महत्वपूर्ण भएको बताए । उनले अहिलेको सरकार झारा टार्न मात्र नभई देश विकास गर्न गठन भएको बताए । ‘यो सरकार नभई नहुँने तरिकाले झारा टार्न गठन भएको सरकार होइन् ।’ उनले भने, ‘यो विकास गर्न गठन भएको सरकार हो ।’ त्यस्तै उनले देशको प्रतिपक्षि अब कुनै राजनीतिक दल नभई गरिबी र अशिक्षा नै प्रमुख शत्रु भएको बताए ।

यो बर्षको महोत्सवको नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने तय गरिएको छ । महोत्सवलाई थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

हेलिकप्टरद्धारा पर्यटकीय स्थलको भ्रमण

तेस्रो गुल्मी महोत्सवलाई थप आकर्षित गर्न हेलिकप्टर संचालन गरिने भएको छ । महोत्सव १० दिन लाग्ने भएपनि दुई दिन हेलिकप्टरको ब्यवस्था मिलाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हेलिकप्टरद्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने श्रेष्ठले बताए । हेलिकप्टर सदरमुकाम तम्घास नजिकै रहेको गर्जुराबाट उडान गरिने छ ।

महोत्सवमा दुई सय स्टल

गुल्मी उद्योग बाणिज्य संघले महोत्सवको लागि दुई सय स्टल राखिएको छ । सदरमुकामको चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । साथै अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु महोत्सव अवधिभर राखिने बाणिज्यसंघका सचिव बिरेन्द्र भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिएको आयोजकले जनाएको छ । भने महोत्सवबाट  जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली