2026-10-28 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी कांग्रेसको अभियान सिङ्गो कांग्रेसलाई क्याप्सुल होः चन्द्र भण्डारी

 प्रेम सुनार | चैत ३०, गुल्मी | नेपाली कांग्रेस गुल्मीले जनता संग प्रत्यक्ष  घुलमिल गर्ने र दुख–सुख साट्ने ५० दिने महाअभियान  भोली  नयाँ वर्षको पहिलो दिन देखि देखि सुरु गर्ने भएको छ ।

‘नेपाली कांग्रेसको आव्हान , गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान ’भन्ने मुल नाराका  सुरु हुने अभियानको  पुर्व सन्ध्यामा सो पाटीले आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिङ्गो काग्रेसलाई सुई लगाई दिएको र भिटामिन सहितको क्याप्सुल समेत  खुवाउने काम गरेको भन्दै प्रशंसा गरे ।

उनले यस्तो अभियान देशैभर हुनु पर्ने माग आफुले केहि दिन पछि हुन गई रहेको केन्द्रिय कमिटी बैठकमा राख्ने उद्घोष समेत गरेका थिए ।

जिल्लाका ९३  वटै वडामा पुग्ने एक जना  जिल्ला प्रतिनिधीहरु नेता वा पाहुन बनेर पुग्ने छैनन् । गरिव सर्वसाधरण जनताको लवाई खुवाई र वसाई जस्तो छ त्यस्तै भएर ५० दिन सम्म खट्ने छन् ।

विशेष गरी  गरिव दलित  र अति सिमान्तकृत जनता कांग्रेस संग नजिक नरहेको निश्कर्ष निकाल्दै यो अभियान सुरु गरिएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

कांग्रेसले गर्ने छुवाछुत प्रथाको दाहसंस्कार

अभियानमा खटिने अभियान्त नेता कार्यकर्ताहरु विशेष गरी गरिव दलितको घरमा बस्ने , उनिहरुले जस्तो खान्छन त्यस्तै खाने , उनिहरुको कामलाई सघाउँने , जातिय विभेद , सामाजिक विकृति विसंगति र विभिन्न कुरितीलाई अभियानकै क्रममा दाहसंस्कार गर्ने , यदि कुनै कांग्रेस कार्यकर्ताले छुवाछुत विभेद गरे पार्टी सदस्य नै खारेज गर्ने चेतावनी सचिव पन्थीले दिए ।  

अहिले छाँया सरकार अर्को चुनावमा सरकारकै नेतृत्व

यो अभियानले कांग्रेसलाई आगमी निर्वाचनमा पहिलै कै विरासतमा पुराएर छाड्ने दावी गर्दै सभापति श्रेष्ठले एक  यसपालीको निर्वाचनको हारले निरास नभई डटेर अभियानमा लाग्न निर्देशन दिए । अभियानको पहिलो  हप्ता सम्म पार्टी सुद्धृढीकरण,  सम्पुर्ण जनवर्गिय संगठनको पुनरगठन, पार्टी सदस्यता नविकरण वितरण गरिने छ  ।  त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यी छाँयाँ सरकार गठन गरिने छ ।

दोश्रो र तेश्रो हप्ता सम्म क्रमशः  सामाजिक कार्यमा सहभागि हुने छन् ।  पोखरी , चौतारी निर्माण गर्ने छन् । विद्यालय सहित विभिन्न सार्वजानिक स्थानमा सरसफाई , सामाजिक विकृति विसंगति र विभिन्न कुरुती विरुद्ध जनचेना मुलक कार्यक्रमहरु  गरिने छ ।   विकास निर्माणमा हुने अनियमित्ता ,भ्रष्टचार , ढिला सुस्तीको भण्डाफोर गर्नुका साथै जनतालाई जागुरुक बनाईने छ ।

गरिव जनताले कसरी जिविका चलाई रहेका हुन्छन् ? समाजमा विभेद हेलत्व सहँदा दलितहरुले कस्तो पिडा खेपिरहेका छन् ? यसवारे प्रत्येक अभियान्तहरुले आफु स्वमले अनुभुत गर्ने गरी उनिहरुका घरमा बस्ने छन् । चौथो हप्तामा जिल्ला फर्केर समिक्षा बैठक गरिने छ । त्यस पछि अर्को तिन हप्तको कार्यक्रम तय गरिने जानकारी सचिव पन्थीले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला