2026-09-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी कांग्रेसको अभियान सिङ्गो कांग्रेसलाई क्याप्सुल होः चन्द्र भण्डारी

 प्रेम सुनार | चैत ३०, गुल्मी | नेपाली कांग्रेस गुल्मीले जनता संग प्रत्यक्ष  घुलमिल गर्ने र दुख–सुख साट्ने ५० दिने महाअभियान  भोली  नयाँ वर्षको पहिलो दिन देखि देखि सुरु गर्ने भएको छ ।

‘नेपाली कांग्रेसको आव्हान , गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान ’भन्ने मुल नाराका  सुरु हुने अभियानको  पुर्व सन्ध्यामा सो पाटीले आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिङ्गो काग्रेसलाई सुई लगाई दिएको र भिटामिन सहितको क्याप्सुल समेत  खुवाउने काम गरेको भन्दै प्रशंसा गरे ।

उनले यस्तो अभियान देशैभर हुनु पर्ने माग आफुले केहि दिन पछि हुन गई रहेको केन्द्रिय कमिटी बैठकमा राख्ने उद्घोष समेत गरेका थिए ।

जिल्लाका ९३  वटै वडामा पुग्ने एक जना  जिल्ला प्रतिनिधीहरु नेता वा पाहुन बनेर पुग्ने छैनन् । गरिव सर्वसाधरण जनताको लवाई खुवाई र वसाई जस्तो छ त्यस्तै भएर ५० दिन सम्म खट्ने छन् ।

विशेष गरी  गरिव दलित  र अति सिमान्तकृत जनता कांग्रेस संग नजिक नरहेको निश्कर्ष निकाल्दै यो अभियान सुरु गरिएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

कांग्रेसले गर्ने छुवाछुत प्रथाको दाहसंस्कार

अभियानमा खटिने अभियान्त नेता कार्यकर्ताहरु विशेष गरी गरिव दलितको घरमा बस्ने , उनिहरुले जस्तो खान्छन त्यस्तै खाने , उनिहरुको कामलाई सघाउँने , जातिय विभेद , सामाजिक विकृति विसंगति र विभिन्न कुरितीलाई अभियानकै क्रममा दाहसंस्कार गर्ने , यदि कुनै कांग्रेस कार्यकर्ताले छुवाछुत विभेद गरे पार्टी सदस्य नै खारेज गर्ने चेतावनी सचिव पन्थीले दिए ।  

अहिले छाँया सरकार अर्को चुनावमा सरकारकै नेतृत्व

यो अभियानले कांग्रेसलाई आगमी निर्वाचनमा पहिलै कै विरासतमा पुराएर छाड्ने दावी गर्दै सभापति श्रेष्ठले एक  यसपालीको निर्वाचनको हारले निरास नभई डटेर अभियानमा लाग्न निर्देशन दिए । अभियानको पहिलो  हप्ता सम्म पार्टी सुद्धृढीकरण,  सम्पुर्ण जनवर्गिय संगठनको पुनरगठन, पार्टी सदस्यता नविकरण वितरण गरिने छ  ।  त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यी छाँयाँ सरकार गठन गरिने छ ।

दोश्रो र तेश्रो हप्ता सम्म क्रमशः  सामाजिक कार्यमा सहभागि हुने छन् ।  पोखरी , चौतारी निर्माण गर्ने छन् । विद्यालय सहित विभिन्न सार्वजानिक स्थानमा सरसफाई , सामाजिक विकृति विसंगति र विभिन्न कुरुती विरुद्ध जनचेना मुलक कार्यक्रमहरु  गरिने छ ।   विकास निर्माणमा हुने अनियमित्ता ,भ्रष्टचार , ढिला सुस्तीको भण्डाफोर गर्नुका साथै जनतालाई जागुरुक बनाईने छ ।

गरिव जनताले कसरी जिविका चलाई रहेका हुन्छन् ? समाजमा विभेद हेलत्व सहँदा दलितहरुले कस्तो पिडा खेपिरहेका छन् ? यसवारे प्रत्येक अभियान्तहरुले आफु स्वमले अनुभुत गर्ने गरी उनिहरुका घरमा बस्ने छन् । चौथो हप्तामा जिल्ला फर्केर समिक्षा बैठक गरिने छ । त्यस पछि अर्को तिन हप्तको कार्यक्रम तय गरिने जानकारी सचिव पन्थीले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली