2026-09-02 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

लुम्विनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक बनाईनेः शिक्षा मन्त्री वराल

प्रेम सुनार/बैशाख–२ गुल्मी। पहिल्लै देखि व्यवहारिक शिक्षामा जोड दिदै आएका ५ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले  लुम्विनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक शिक्षालयका रुपमा रुपान्तर गर्नु पर्नेमा जोड दिएका छन् ।

आज विहान गुल्मीको चन्द्रकोट वहुमुखि क्याम्पस शान्तिपुरमा आयोजित अन्तरकृया कार्यक्रममा मन्त्री वरालले यस्तो कुरामा जोड दिएका हुन् ।  धार्मिक र  प्रर्यटकिय क्षेत्र लुम्विनीमा दक्ष जनशक्ति उत्पादन गर्न र यस प्रदेशको कृषि विकासका लागि पनि  जनशक्तिको खाँचो भएकोले उक्त विश्व विद्यालयलाई ति दुई विषयको पठन पाठन गराउन जरुरी भएको  उनलो धारणा थियो ।

त्यस्तै दाङ्गको संस्कृतिक विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालमा रुपान्तरित गर्ने पहल भई रहेको समेत जानकारी दिए ।  ति दुई विश्व विद्यालय प्रदेशिक सरकारलाई हस्तान्तरण गर्न भनिएको , यदि भएन भने अर्को प्रादेशिक विश्व विद्यालय स्थापना गरेरै पनि यहाँको  उच्च शिक्षाको पहुँच गरिवको  सम्म पुराउन प्रदेश सरकारको जोड रहेको उनले बताए ।

जिल्ला शिक्षा कार्यालय खारेज भई ईकाईमा परिणत भएको तर सो कार्यालय प्रशासन मातहतमा रहनु भनेको कर्मचारीले संघियताको मर्म नबुझ्नु रहेको कुरा मन्त्री वरालले दोहराएका थिए ।

उनेले हिजो नयाँ वर्षको खुशी र शुभकामना आफ्नो जन्मस्थान चन्द्रकोटवासी संग साटा–साट गरेका  थिए  । उनलाई आफ्नो गाउँ हर्राचौरका कालिका आमा समुह सहितका गाउँवासीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

मन्त्री वरालले  अमुल्य मत दिई आफुलाई अहिलेको स्थान सम्म पुराउने क्षेत्र नम्वर १ प्रदेश १ र सिंङ्गो गुल्मी जिल्लावासीलाई धन्यवाद दिदै जनताले आफु प्रति गरेको आशा भरोसा पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउँदै नयाँ वर्षको शुभकामना दिएका दिए ।

हिजै मन्त्री वरालले चन्द्रकोट मै आयोजित  छैंठौं ध्वादी महोत्सव २०७४÷०७५ को पनि उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री वरालले  विकासमा नमुना गुल्मी बनाउन यहाँबाट निर्वाचित जनप्रतिनिधी मात्र नभई सवै राजनैतिक दल र विकास प्रेमी सवै पक्ष एक ढिका हुनु पर्नेमा  जोड दिएका थिए ।

उनले हर्राचौरको गैढुुङ्गा स्थित गुरुङ्ग समुदायको  योजा तमु सामाजिक भवनको समेत उद्घाटन गरेका थिए । आज विहान चन्द्रकोट  वहुमुखि क्याम्पसको  विकास वारेमा पनि प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जहारे गरेका थिए ।

अन्तरकृया कार्यक्रममा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री , उपप्रमुख  राधिका उपाध्याय लगायतका जनप्रतिनिधी , राजनैतिक दल र सोरोकारवालाको सहभागिता थियो ।

आजै मन्त्री वरालले  शान्तिपुर ईलाका सामुदायिक विद्युतिकरण उपभोक्ता समुहद्धारा आयोजित सम्मान कार्यक्रम पछि  सहरकारी संस्था , अन्य संघ संस्थाका कार्यक्रममा सहभागि हुने र आजै उनको पार्टी माओवादी केन्द्रको भेलालाई पनि सम्वोधन गर्ने कार्यक्रम रहेको मन्त्री वरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।

मन्त्रीका सहयोगी पत्रकार रुद्रहरि कुँवरका अनुसार मन्त्री वराललाई  त्यहाँका सवै राजनैतिक दल  र सर्वसाधरणले भव्य स्वागत गरेका थिए । उनि मन्त्री भएपछि पहिलो पटक  आफुले पाएको अवसर र नयाँ वर्षको खुशी साट्न आफ्नो गाउँ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली