2026-10-28 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सरकारले अरिङ्गालको गोलामा हात हाल्दै छ: मन्त्री ज्ञवाली

प्रेम सुनार/बैशाख–१३ गुल्मी। संघिय सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि अहिलेको सरकार जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार रहेको उद्घोष गरेका छन्  ।

आज दिउँसो  गुल्मीको रिडीबाट कालिगण्डकी कोरिडोर सडक १० मिटर चौडा पार्ने कार्यको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले भने अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि  अरिङ्गालको गोलामा हात हालि सकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् , ति सवको सामना गर्न सरकार तयार छ ।’

हालै चिन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चिन संग रेल मार्ग , चिन संग भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षी संग आग्रह गरेको बताए ।

नेपाली सेना विकास निर्माण निर्देशनालय कालिगण्डकी कोरिडोर सडक निर्माण कार्यदलले २०६९ सालबाट सुरु गरेको  कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त यता गुल्मीको हर्मीचौरमा बसेको सेनाको टोलीले रिडी देखि वाग्लुङ्गको सिमना पालुङ्ग खोला सम्म ४२ किलो मिटर   औसतमा ८ मिट चौडा सडक सम्पन्न गरी सकेको छ ।

त्यस्तै उता वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला  सम्म ३८  किलो मिटर सहित ८० किलोमिटर  र औसत ८ मिटर चौडा सडक सम्पन्न भई रिडी देखि १ सय ७४ किमी जोमसोम सम्म यातायात आवत जावत भई रहेका छन् । 

नेपाली सेनाले गरेको यस कार्य प्रति मन्त्री ज्ञवालीले धन्यवाद दिदै सरकारले हालै थप १० मिटर चौडा पार्ने गरेको निर्णय अनुसार छिटो भन्दा छिटो सम्पन्न गरी पिचका लागि सडक विभागलाई बुझाउन आग्रह गरेका थिए ।

१० मिटर चौडा पार्नका लागि  वाग्लुङ्ग तर्फ २५ करोड र गुल्मी तर्फ  ३५ करोड विनियोजित मध्ये गुल्मी तर्फ यस वर्ष १० करोड वरावरको काम नेपाली सेनाले सम्पन्न गर्ने भएको छ ।

प्राचिन  काल देखि हिन्दु र बौद्धिस्टहरु  भारतबाट  लुम्विनी, रिडी हुँदै चिन सम्मको धार्मिक यात्र गर्ने ऐतिहाँसिक महत्वको पदयात्रालाई अहिले आधुनिक पदयात्राका रुपमा विकास गर्न लागिएको र यसबाट यहाँका जनताको आर्थिक समृद्धि समेत हुने सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीले बताए ।   उनले वाम एकता भएरै छाड्ने र यस प्रति कसैले संका नगर्न आग्रह समेत गरे ।

विश्वमा अन्यत्र कतै नपाईने शालिग्रामको भण्डार कालिगण्डकीमा  रहेको र यो स्थानलाई चिाउन जलासायको विकास समेत गरिनु पर्नेमा ५ नम्वर प्रदेश सांसद कमलराज श्रेष्ठले जोड दिएका थिए ।

त्यस्तै उक्त सडक निर्माणमाको नेतृत्व लिएर स्थानियको प्रशंसा बटुलेका त्यस गणका प्रमुख सेनानी ईन्जिनियर रेश्मीराज कँडेलले कार्य पत्र प्रस्तु गर्दै सवैले हामी र हाम्रो हो भन्ने भावना लिए हरेक काममा सफलता मिल्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला