2026-09-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको विरोधमा होईन साथ छ कांग्रेसः गगन थापा

प्रेम सुनार | वैशाख २०, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले समृद्धि मुलुक तर्फ सरकार लागे कांग्रेस पाँच वर्ष सम्म सहयोगी  र  जिम्मेवार प्रतिपक्ष  भएर बस्ने  बताएका छन् ।

 मुलुकको स्थिरता  र समृद्धिका  लागि प्रतिपक्षले  सरकारको विरोध नै गर्नु पर्ने हिजोको संस्कृति कांग्रेसले अवलम्वन नगर्ने उनले विहिवार गुल्मीका तिन  वेग्ला बेग्लै कार्यक्रममा दोहराएका छन् ।  

धुर्कोट गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले भने ‘संघियतालाई संस्थागत गर्न, स्थानिय तह  देखि  प्रदेश सम्मलाई अधिकार सम्पन्न बनाउन र ऐन कानुन बनाउनका लागि सरकार र प्रतिपक्ष भन्ने कुरै हुन्न । ’

त्यस्तै सोही गाउँपालिका वडा नम्वर ७ वाग्लामा नेपाली कांग्रेसको ५० दिने महाअभियानको भेलालाई सम्वोधन गर्दा पनि अव कांग्रेस सरकारको विरोधी भएर होईन उसले समृद्धिको बाटो खोल्छ भने हामीले वाहिरै बसेर पनि सहयोगीको भुमिका खेल्नु पर्नेमा कार्यकर्तालाई सुझाएका थिए ।

चुनावमा कहिले हार , कहिले जित स्वभाविक हो,  यसपाली हारियो भनेर कत्ति हरेस नखानु होला र हिनतावोध पनि नसाध्नु होला  उनले कार्यकर्ताहरुलाई डटेर जनताको काममा अहोरात्र खटे आगमी पाँच वर्ष पछि जनताले आफै तानेर चुनेर कांग्रेसलई सत्तामा पुराउने ढाट्स समेत दिएका थिए ।

यदि सरकार जनताले दिएको म्यागनेटबाट वरालिए वदलिए मात्रै उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेसले गर्ने बताए । आजै उनले सदरमुकाम तम्घासमा जिल्ला पार्टीले आयोजना गरेको आमसभालाई समेत सम्वोधन गर्दै गुल्मी कांग्रेस सुरु गरेको महाअभियानको प्रभाव देशैभर परेको भन्दै प्रशंसा गरेका थिए ।

उनले जितेकाहरुले राज्यको सरकार बनेर र हारेकाहरुले छायाँ सरकार बनेर जनताको आवश्यकता पुर्ति  र  विकास निर्माणमा निगरानी पुराउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनि आजै राजधानी फर्किएका छन् ।   दुई दिन देखि जिल्लाका विभिन्न कार्यक्रमहरुमा महासमिति सदस्य चन्दबहादु केसी, जिल्ला पार्टी प्रचार विभाग प्रमुख जगदिश भट्टराई लगायतका नेताहरु सहभागि थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली