2026-09-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कांग्रेस मुसिकोट नगर सभापतिद्वारा आफ्नै सचिवलाई निर्घात कुटपिट

प्रेम सुनार/जेठ ९ गुल्मी। स्थानियवासीका अनुसार नेपाली कांग्रेस गुल्मीका मुसिकोट नगर सभापति सुदर्शन शाक्य बन्धुहरुको दादागिरीले स्यवम आफ्नै कार्यकर्ता समेत असुरक्षित हुँदै आएका छन् ।

केहि दिन अघि  वामी टक्सार बजारममा एक दलित र उनकी श्रीमतिलाई निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै  फेरी उनै सभापति शाक्य र उनका भाईहरु संसार र सन्तोष शाक्य मिलेर आफ्नै पार्टीका नगर सचिव ४६ वर्षिय खगेश्वर सापकोटालाई आज विहान मरणाशन्य हुने गरी कुटपिट गरेका छन् ।

रुद्रवेणी वामीटक्सार सडक खण्ड विस्तार गर्ने क्रममा सडक विभागले सापकोटाको खेतको रुख ढलाएको थियो । उनको उक्त रुख शाक्यको खेतमा ढलेको थियो । उक्त रुख छिटो नहटाएको रिस ईवी साँधेका सभापति शाक्यले सापकोटा संग वात–विवाद गरेको र केहि वेर पछि आफ्ना दुई भाईहरुलाई बोलाई तिन जना मिलेर आफुलाई निर्घात कुटेको घाईते सापकोटाले बताए ।

स्थानिय तहमा उपचार हुन नसकी उनलाई अहिले केहि वेर अघि वामीटकसर प्रहरीले जिल्ला अस्पताल गुल्मी ल्याई पुराएको छ । वामीटक्सार प्रहरी चौकीमा मिलाउन नसकि उनलाई जिल्ला प्रहरी कार्यालयमा समेत ल्याईएको प्रहरीले जनाएको छ ।

घाईते सापकोटाको दुवै आँखा, नाक  र मुखमा निला डाम छन भने शरिरका विभिन्न भागमा  लात्ती मुड्कीको असर स्पष्ट देख्न सकिन्छ ।  जसलाई सभापति शाक्य भन्छन मलाई कुट्ने क्रममा उ लडेर ढुङ्गामा ठोक्कीएर त्यस्तो भएको हो ।

उनले भने–‘ उसको रुख ढलेर मेरो खेतमा रहेको छ । मैले मकै छर्न पाएको छैन, रुख हटाउ छिटो भनेर राम्रो मुखले भन्दा उसले मलाई हातपातको प्रयास ग¥यो त्यस पछि मात्र मैले भाईहरुलाई बोलाएको हुँ । ’

घुचडा घुचड भएको हो, त्यस क्रममा उ ढुृङ्गामा ठोकिएको हो शाक्यले थपे धेरै कुटिएको होईन, शाक्यले भने उ मेरै पार्टीको  नगर सचिव हो , मैले हेर  वावु म तेरो वावु सरहको मान्छे हुँ भन्दा एँ, तँ कसरी मेरो वाउ भईस ?  भन्दै निहुँ खोजे पछि मैले भाईहरुलाई बोलाउनु परेको हो । ’

चार महिना अघि वामीटक्सार वसपार्कमा गाडी चढ्न ढिला आएको रिसमा उनै शाक्य बन्धुहरुले मुसिकोट ८ , वामी मैदानका वावुराम परियार र उनकी श्रीमतिलाई निर्घात कुटेर अहिले सापकोटालाई जतिकै घाईते बनाउँदा पनि सभापति सापकोटाले  परियार जाँड खाएर जथाभावी वोलेको र सामन्य लछार पछार मात्रै भएको बताएका थिए ।

पछि भने आफुहरुले कुटपिट गरेको स्वीकार गर्दै अव त्यस्तो कार्य नगर्ने भन्दै कागज पत्र गरी उपचार खर्च ब्यहोरेका थिए । त्यसको चार महिना पनि नवित्दै अर्का ब्यक्ति त्यो पनि आफ्नै पार्टीको नगर सचिव कुटिनुले शाक्य बन्धुहरुबाट वामीवासी आतंकित हुँदै आएको स्थानिय समाज सेवीहरु बताउँ छन् ।

कुटिएका सापकोटा २०६३ साल देखि खिल्ध्वज पन्थी  अध्यक्षमा निर्वाचित नहुने वेला सम्म नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत थिए । उनि  पछिल्लो चरण काठमाण्डौंमा अस्थाई वसोवास गर्ने भएकोले गुल्मी कांग्रेसको ५० दिने महाअभियानमा भने खटिएका थिएनन् ।

घर बनाउका लागि केहि दिन अघि घर आएकोले पार्टीको महाअभियानमा सक्रिय हुन सकिन र पनि  नेपाली कांग्रेस प्रति पुर्ण समर्पित कार्यकर्ता हुँ तर नेता बाटै यसरी कुटिनु पर्यो’–सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली